ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट

0
1229

ताप्लेजुङ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको भीषण आगलागीमा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको हो। आगलागी भट्टराई होटल एण्ड लजबाट सुरु भएको थियो ।

आगो नियन्त्रणमा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि परेका थिए । आगलागीबाट ठूलै धनमालको क्षती भएको जनाइएको छ । सो आगलागीमा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here