संस्कृतिका अभियन्ताहरुले नै संक्रमण जित्नेछन्

0
833

माधव कल्पित,

अघि हाम्रो बाबु बाजे गोठमा बस्थे, गाईबस्तु पाल्थे । उनीहरु सधै लकडाउन र होम क्वारेन्टाइन मै बसेका रहेछन् । सामाजिक दुरी पनि कायमै रहेछ । ओल्लो डाँडा जेठाको, पल्लो डाँडामा कान्छाको । फरक– फरक गोठ थियो । आमा घरमा छोराछोरी हुर्काउने बाबु गोठमा बाछाबाछी ।

उनीहरुले पारिवारिक दुरी पनि कायमै गरेका थिए । उनीहरुलाई सेना, प्रहरी र सरकारको निगरानी चाहिन्न थियो । आफ्नो आस्था विश्वास, संस्कार संस्कृति र सत्धर्म प्रतिको बन्धनले नै वसमा राखेको रहेछ । छ महिना या बर्षमा ए पटक धरान र मानेभञ्ज्याङसम्म नुन लिनजाने सिवाय लकडाउनको उल्लंघन गर्ने साहससम्म नगर्ने बुडापाका र त्यस बेलाको समाजमा डरभन्दा बढी संस्कार र सभ्यता थियो ।

अहिलेका कामविनाका हामी लावालस्करसहित भिट्टा खेत बेचेर पिजा र बर्गर चपाउँदै गाला र केश तन्काउन कुद्छौं । दूध बेचेर जम्मा भएको २÷४ पैसाले मदिराका बोतल रित्याउन शहर बजारका गांैडा–गांैडा चाहर्न भ्याउँछौ । जमाना कस्तो आयो गाँउबाट गाई बेचेर शहर पसेका हामी , शहरमा कुकुर पालेर रमाउने भयौं । प्राकृतिक मानव सभ्यता रोवर्टमा परिणत हँुदै आयो । नेतृत्वदायी भूमिका र वर्गीय सम्पन्नताले ठूलो सानो र धनीगरिव बीचको अन्तरद्वन्द्वमा समाजलाई हामीले नै रुपान्तरण गर्याै । अरुको हित र भलाइका लागि गर्ने असल कर्म नै धर्म हो भन्ने आस्था र विश्वास बिस्तारै भुलेर जातीय विभेदको पर्खाल लगाउने कामले प्राथमिकता पाउन थाल्यो ।

असल कर्म र विद्धताबाट मात्रै मानिस उच्च र अज्ञानता र खराब कर्मले निचजात या बर्गको ठहर्छ । हाम्रा पूर्वीय धर्मशास्त्रले पनि यसै भनेका छन् । ‘जन्मदो जायते शुद्र कर्म प्राप्नोति बाम्हण ’ भन्ने मुल मानव मर्म र धर्मको सारलाई भुलेर धर्म र सभ्यतालाई राजनीतिक एजेन्डा बनाइयो । आफू भ¥याङ चढ्ने परिपाटीको बिकासले समाजमा सामाजिक बिचलन ल्यायो । यसले हाम्रो संस्कार र संस्कृतिलाई नै खलल पु¥याउँदै लग्यो ।

हिजोका हरेक धर्म र संस्कार भनिएका कुराहरु प्रायः मानिसको ब्यक्तिगत स्वास्थ्यसँंग जोडिएका जीवन उपयोगी बिज्ञानसम्मत कुराहरु थिए । आजका साबुन, सर्फ र सेनिटाइजरभन्दा हिजोका दिनमा अगेनुको खरानी उत्तम थियो । खरानीमा लुगा पकाउँथे । तातोपानी र खरानीमा लुगा उसिनेर धोएपछि मयल मात्र होइन कुनै पनि रोग र किटाणुको शरीरमा आक्रमण नै हँुदैन थियो । खरानीले नै भाँडाकुँडा र हातखुट्टा पनि सफा गर्दथे । यतिसम्म कि शिकारी लागेर पेट दुख्दा, जुका पर्दा, खान मन नलाग्दा समेत बेसार र खरानी पानी फुकेर खान दिए पछि निको हुन्थ्यो । घर ढुङ्गा र माटोले बनेका हुन्थे । चुलो र अगेनु अलग–अलग थियो । चुलोमा खाना र अगेनामा चिया खाजा बन्दथ्यो । प्रत्येक बिहान गाईको गोबरले घर लिपपोत गरेर मात्रै खाना बनाउने चलन थियो । मोही पारेर अगेनोमा धूप हालिन्थ्यो । यसोगर्दा घर वरपर १ किलोमिटरसम्मका किटाणु मर्दा रहेछन् भन्ने कुरा आजको बिज्ञानसम्मत पनि पाइयो ।

खाना खाँदा धोती फेरेर खान्थे । जसले गर्दा बाहिर साथीभाइ मेलापात घाँसदाउरा थलोभकारो दिसापिसाब गरेर आउँदा कपडामा लागेको फोहोर मैलो र किटाणु खानासम्म पुग्दैन थियो । खाना खाँदा पानी अचाउँदै, खाना अगाडि पातमा अलिकति खानाको अप्सानी लगाउँथे । जसको कारण खाना नजिकै भएका किटाणु भुसुना, झिंगा ब्याक्टेरिया खानाको थाल हुँदै पेटसम्म नआउन्न र खानाको माध्यमबाट आफ्नो पेटसम्म नपुगोस् आफू र आफ्नो परिवारलाई रोगबाट बचाउन सकियोस् भन्ने सभ्य संस्कारको विकास गरेको रहेछ । हरेक कार्य जानेर या नजानेर भए पनि जीवनउपयोगी, स्वस्थ्यकर र प्राकृतिक थिए । अहिले जस्तो अस्पताल र स्वास्थ्य चौकी थिएनन् ।

संस्कारयुक्त समाजमा रोग पनि अति न्युन थिए । ज्वरो आउँदा, टाउको दुख्दा चिरैतो उसिनेर खान्थे । कन्तमूल र झारपात खाएर नै रोगसँंग लड्दै हाम्रा पुर्खाहरु सय बर्षसम्म बाँच्दथे । आज तिनै पुर्खाका सन्तान हामीले हाम्रो पूर्वीय संस्कार र संस्कृतिलाई लत्याउँदै गयौ । डीभी पर्ने र भिषा लाग्ने बितिकै आफ्नो संस्कृति र पुर्खाको परम्परा बिर्सन थाल्यौं । डिस्को र बारसंँग सभ्यता साटासाट भयो । दुई ,चार शब्द अंग्रेजी बोल्ने र लेख्ने बित्तिकै हाम्रा धार्मिक ग्रन्थ र लिपिहरुलाई लत्याउँदै पाखे, यथास्थितिवादी र बाम्हणवादी भन्न थालियो । फलतः पूर्वीय संस्कार लोप हुँदै गयो । पश्चिमेली शैलीको संस्कारको अनुसरण गर्न थालियो । जुन हाम्रो लागि प्राकृतिक र जीवनउपयोगी नभएर कृतिम अस्वस्थ्यपरक देखिए ।

आमाको दूध छाडेर बाबुको घुँडा चुष्दाको परिणामले हामी दीर्घ रोगी र अल्पायुका बन्न पुग्यांै । आज रोग बिनाको मान्छे छैन । जन्मदै लुला–लंगडा, अन्धो, अपाङ्ग भएर जन्मदै छौं । हरेकका घरमा आज अन्नभन्दा बढी औषधि खानु परेको छ । कसैको तन र मनमा सुख र शान्तिको आभाष हुन सकेको छैन । हुँदा–हँदा आज एउटा अदृश्य भाईरसको भयबाट आतंकित हँुदै सिंगो मानव आफूले बनाएको सानो दिवारकोे चार किल्लाभित्र आफूलाई कैद गरी बस्न बाध्य छ । आज देखिएका जस्ता भाईरस हिजो पनि थिए । भोलि पनि हुने छन् । ति बाट बच्न हिजोको संस्कारतिर हामीले फर्कन सक्नु पर्छ । छुत र अछुतको पर्खाल अब जात र धर्ममा होइन रोग , फोहोर र संक्रमणसँंग लगाउन सकांै ।

तव मात्रै हामी सभ्य र स्वस्थ्य बन्न सक्छांै । कोरोनाले विश्वमा आज विनास मात्र होइन संस्कार र संस्कृतिको पाठ पनि सिकाउँदै छ । परजीवी भएर बाँच्नेहरुलाई आत्मनिर्भरको पाठ सिकायो । अरुको पौरख र पसिनामा रमाउनेहरुलाई आफूले पनि पसिना बगाउनु पर्ने बनायो । हिरा र चाँदी फल्ने घर खेत बन्दकी राखेर डलर टिप्ने आशामा मरुभूमितिर उड्नेहरुलाई आफ्नै घरबारीमा सम्भावना खोज्न बाध्य बनायो । आफ्नो सुख र सुबिधाका लागि संसारका अरु सबै प्राणी र पंछीको बध गर्ने हामीलाई अरुको जीवन रक्षा गर्नुपर्ने सबकसमेत सिकायो । दिसा गरेर धुनसमेत लजाउँदै कागजले पुछेर हिँड्नेहरुलाई १५–१५ मिनेटमा साबुन पानी ले मिचिमिची हात धुन सिकायो ।

खानबस्न र परिवारसंँग रमाउन नसकेर पैसाको पछि पछि दगुर्दै र जीवनको सर्वाेपरि बस्तु नै पैसा सम्झेर हिँड्नेहरुलाई पैसा छुनसम्म डर लाग्ने बनायो । प्रकृतिसंँग पौठेजोरी खेल्दै विज्ञानको आविश्कारबाट सिंगो पृथ्वीमा बिजयको अहम् बोकेका ठूला–ठूला बाद र सिद्धान्तहरुलाई घुँडा टेकेर आफ्नो हविगत सम्झने अवस्थामा पु¥यायो । आखिर मानिस प्रकृतिको देन हो । प्राकृतिक परिवर्तनको श्रेष्ठता होइन भन्ने कुराको स्मरण गरायो ।

त्यसैले अहिलेकोे संक्रमण र विश्व परिवेशबाट सिकेका कुराहरुलाई व्यबहारिक बनाउँदै शान्त समृद्ध र सम्मुनत समाजको निर्माण मा आध्यात्म, योग विज्ञान र भौतिकबाद सबैलाई सही ठाउँमा प्रयोग गर्दै संक्रमणबाट बाँच्न र बचाउन सके मात्र मानवले प्रकृतिको इकोसिष्टमलाई बचाउन सक्छ । अन्यथा मानवले प्रकृतिलाई नै चुनौति दिँदै जाने हो भने प्राकृतिक विपत्तिले नयाँ युगको शुरुवात गर्न सक्छ । त्यसो भयो भने हामी धेरैले त्यो युगको पहिलो दिन देख्न मुश्किल हुनेछ ।
लेखक क्षितिज नाट्य समूह झापाका अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here