युद्धबहादुर बोहोरा / पाँचथर,

फाल्गुनन्द गाउँपालिका स्थित राँके र जलसिङ माविको क्वारेन्टाइनमा राखिएका ८८ जनाको शनिबार र्यपिड(RDT) टेस्ट गरिएको छ।
सबैको नतिजा नेगेटिभ देखिए तापनि चार शंकास्पदको थप स्वाब परीक्षणको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अनिल तिखत्रीले जानकारी दिए।
केही हप्ता अघि काठमाडौं लगायत जिल्ला बाहिरबाट आएका फाल्गुनन्द गाउँपालिकाका पुरुष ५० महिला २०,फिदिम नगरपालिकाका पुरुष ९ महिला ४, कुम्मायक गाउँपालिकाका एक महिला र एक पुरुष साथै तीन जना स्वास्थ्कर्मीहरु समेत गरि जम्मा ८८ जनालाई पालिकाले दुई ठाँउमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको थियो।
उनिहरुको परिक्षण पछि सम्बन्धित वडा सम्म यातायातको प्रवन्ध मिलाएर घर पुर्याउने व्यवस्था गरिएको र एक हप्ता सम्म होम क्वारेन्टाइनमा सुरक्षित रहन सचेत गराइएको उनले बताए।
आकस्मिक रुपमा बाहिरबाट आएका व्यक्तिहरूको व्यवस्थापन शुरूवातमा प्रोटोकल बमोजिमका सेवा सुविधाहरू पुर्याउन नसके पनि पछिल्ला दिनमा सकेसम्म प्रभावकारी सुविधाबाट राख्न कोशिश गरिएको बताइएको छ।
थप सुरक्षा र स्थानीयको सेवा सुविधालाई मध्यनजर गर्दै शुक्रबार देखि गाउँपालिका कार्यालय परिसर घुर्बिसे पञ्चमी स्थित घुर्बिसे पञ्चमी माद्यामिक विद्यालयको भवनमा थप क्वारेन्टाइन स्थानको व्यवस्था मिलाइएको छ।
इलाम र पाँचथरको सिमानामा फाकफोकथुम र फाल्गुनन्द दुवै गाउँपालिकाको सहकार्यमा घुर्बिसेमा केहि दिन अघि देखि हेल्थ डेस्कको पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले जानकारी दिए।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पाँचथर जिल्लाबाट प्रतिनिधित्वमा रहेका केन्द्रिय सरकार र प्रदेश सरकारका मन्त्री द्वय बसन्तकुमार नेम्वाङ र इन्द्रबहादुर आङ्बोको सहयोगमा स्वास्थ सामाग्रीहरु जिल्ला भरका स्थानीय तहमा उपलब्ध भए संगै फाल्गुनन्दलाई पनि सहज भएको अधिकृत तिखत्रीको भनाइ छ।































राम्रो लाग्यो सबैको राम्ररी चेक जाँच होस आफू पनि बचु अरुलाइ पनि बचाउ