अनेरास्ववियुद्वारा ७६८ विद्यार्थी तथा मजदुरलाई राहत

0
690

अत्तरिया,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण गरेको छ ।

लकडाउन शुरु भएयता अनेरास्ववियु कैलालीले ७६८ जनालाई राहत वितरण गरेको हो । लकडाउनका कारण घर जान नपाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी र मजदुरलाई छाक टार्न कठिनाइ भइरहेकाले राहत सामग्री वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज राईले बताउनुभयो ।

राहतस्वरुप विद्यार्थी तथा मजदुरलाई घरमै पुगेर चामल, दाल, नुन, तेल, साबुन, ब्रस, मञ्जन, सर्जिकल मास्कलगायत सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा स्वकीय सचिव हितेश ओझामार्फत ३० क्विन्टल चामल, दाल, तेल, नुनलगायत सामग्री पनि विद्यार्थी तथा मजदुरलाई वितरण गरिएको जनाइएको छ । अनरास्ववियु कैलालीले अप्ठ्यारोमा परेका विद्यार्थी तथा मजदुरलाई सहयोग गर्ने क्रम जारी रहने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here