नेकपाद्धारा गाँउपालिकालाई चामल सहयोग

0
1339

गणेश अर्याल / इलाम,


नेपाल कम्युनिष्ट पार्टी रोङ गाउ संगठन कमिटिले इलामको रोङ गाउपालिकालाइ ५ हजार ७ सय केजी चामल सहयोग गरेको छ । आइतबार गाउपालिकाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा सो चामल गाउपालिका उपाध्यक्ष चन्द्रकला राईलाइ हस्तान्तरण गरिएको छ ।

पार्टी संगठनका अगुवा सदस्यहरुबाट स्वेच्छिक चन्दा संकलन गरेर सोना मन्सुली ग्रेडिङ चामल किनेर गाउपालिकालाइ दिएको अध्यक्ष बृहस्पती खतिवडाले बताए । बर्तमान कोभिड १९ को संक्रमणको कारण सरकारले देश लकडाउन गर्दा उत्पन्न असहज परिस्थितिले हातमुख जोड्न समस्यामा रहेका जनसमुदायका लागि गाउपालिका मार्फत राहत उपलब्ध गराएको अध्यक्ष खतिवडाले बताए ।

यसैबिच राहत सहयोग गरेकोमा गाउपालिका उपाध्यक्ष राईले नेकपालाई धन्यबाद दिएकी छिन् । बिषम परिस्थितिमा गाउपालिकाले गरेको सार्बजनिक आवहानलाइ स्वीकार्दै खाध्यान्न सहयोग गर्ने सबैलाइ धन्यबाद ब्यक्त गर्दै उपाध्यक्ष राईले आगामी दिनमा पनि यस्तै सहयोग गर्न आग्रह गरिन् ।

हस्तान्तरण कार्यक्रममा सामाजिक बिकास समितिका सम्योजक एव वडानम्बर ५ का वडाध्यक्ष युवराज खाप्तुवा राई, आर्थिक बिकास समितिका आर्थिक बिकास समितिका सम्योजक एव वडानम्बर ३ का वडाध्यक्ष मात्रिका बराल, वडा नम्बर ४ का अध्यक्ष सुर्य राई, नेकपा प्रदेश नम्बर १ का प्रदेश कमिटि सदस्य हिमाल किराती, गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतम, गाउपालिकाका कर्मचारीहरु, जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगर, बिष्णु भूजेल लगायतको उपस्थिति रहेको थियो ।

राहत बितरणमा नेकपाको असन्तुष्टी

गाउपालिकाले दुइ चरणमा राहत बितरण कार्य सम्पन्न गरेको छ । केही वडामा दोश्रो चरणको पनि बितरण भइसकेको छ भने केहीमा जारी अवस्थामा छ । यसै क्रममा वडानम्बर ६ मा गाउपालिकाले राहत बितरण गर्दा अपारदर्शी भएको भन्र्दै असन्तुष्टि प्रकट गरेको छ ।

गाउपालिकाले सर्बपक्षीय समिति बनाएर राहत बितरण गर्नुपर्नेमा वडा नम्बर ६मा नेकपालाइ थाहा नै नदिइ बितरण गरिएको नेकपा रोङ गाउ संगठन कमिटिका अध्यक्ष बृहस्पती खतिवडाले बताए । पार्टीले चामल हस्तान्तरण गर्न आयोजित सक्षिप्त कार्यक्रममा नै पार्टी अध्यक्ष खतिवडाले गाउपालिका उपाध्यक्ष चन्द्रकला राईलाइ सो जानकारी गराउदै गुनासो गरेका हुन् ।

पार्टीका वडा स्तरको कमितिका सदस्यलाई बिपद ब्यवस्थापन समितिमा राखे पनि बैठकमा नबोलाएको र लक्षित बर्गको मानिसले राहत पनि नपाएको जानकारी आएको सुनाउदै नेकपा अध्यक्ष खतिवडाले यस बिषयमा गाउपालिकाले जानकारी गराउनु पर्ने बताए । उसै बिच गाउपालिकाले एउटै कार्यबिधिबाट राहत बितरण गर्ने निर्णय भएकाले कसरी वडानम्बर ६ मा यस्तो भयो गाउपालिकाले खोजी गर्ने उपाध्यक्ष चन्द्रकला राईले बताइन ।

कार्यबिधिमा के छ ?

कोरोना प्रभाबितहरुलाई राहत बितरण गर्न कार्यबिधी बनाएर रोङ गाउपालिकामा लागु भएको छ । गत चैत्र १९ गतेको कार्यपालिकाको बैठकले निर्णय गरी कार्यबिधि लागु भएको हो । कार्यबिधिमा बिपद ब्यवस्थापन समिति गठन गर्ने उल्लेख गरिएको छ ।

वडा अध्यक्षको सम्योजकत्वमा गठन हुने समितिमा टोलबिकास सस्था, राजनितिक दल, कर्मचारी लगायत सदस्य रहने ब्यवस्था रहेको छ । वडानम्बर ६ मा पनि सोही अनुसार बिपद ब्यवस्थापन समिति बनेको वडाअध्यक्ष सुवास तामाङ बताउछन् । टोलबिकास सस्थाबाट फूलमाया गोम्देन, कञ्चन गोम्देन, अन्जना सुन्दास जीवन राई र युवराज आचार्य सदस्य रहेको वडाध्यक्ष तामाङले बताए ।

त्यस्तै नेपाली काग्रेसबाट डम्बर राई र नेकपाबाट धनबिर राई सदस्य रहेको वडाअध्यक्ष तामाङले जानकारी दिएका छन् । पहिलो चरणको बितरण भइसकेको र दोश्रो चरणको पनि बितरण गर्ने तयारी भइसकेकाले सबै सग सहकार्य भएको उनले सुनाए । आफ्नो वडामा सम्बन्धित राहत पाउने परिवारलाई अग्रिम रुपमा कुपन उपलब्ध गराइसकिएको र सोमबार बाट वडाका बिभिन्न ६ वटा डिपोबाट बितरण गरिने तयारी भएको वडाध्यक्ष तामाङको भनाइ छ ।

वडाध्यक्ष तामाङको अनुसार कुवापानी, सलकपुर, वडाकार्यालय नजिक, दुधे, पाटापुर र रम्याङमा ढिपो बनाइएको छ । सोमबार र मंगलबार जतिबेला आएपनि ढिपोबाट राहत बितरण हुने कार्यक्रम रहेको वडाअध्यक्ष तामाङको भनाइ छ ।

यसै बिच बिपद ब्यवस्थापन समितिमा रहेका नेकपा का प्रतिनिधि धनबिर राईलाइ पहिलो पटकको बैठकमा बोलाएको तर त्यसपछि आफूलाइ कुनै जानकारी नभएको सुनाउछन् । पहिलोपटक मोबाइलमा एसएमएस आएको भएपनि त्यसपछि कुनै जानकारी नगराएकोले राहत बितरण भए नभएको बारेमा आफूलाई थाहा नभएको उनी सुनाउछन् ।

उता वडाअध्यक्ष तामाङलाई यस बिषयमा जिज्ञासा राख्दा बर्तमान लकडाउनको अवस्थामा बैठक बस्न समस्या हुन सक्ने भएकाले कतिपय अवस्थामा टेलिफोन बाट एजेन्डा आदान प्रदान र राहत पाउनेको नामावली संकलन गरेको बताउछन् । वडानम्बर ६ मा पहिलो चरणमा १०९ घर परिवारलाई राहत सामाग्री बितरण गरिएको र दोश्रो चरणमा १०७ परिवारलाई बितरण गर्ने तयारी भइसकेको वडाअध्यक्ष तामाङको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here