दुहागढी ।

मंगलबार दिउँसो परेको चट्याङ्गले झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा आगलागी भएको छ ।
आगलागीबाट विद्यालयमा जडान गरीएको विद्युत मीटरबक्स र सम्पूर्ण वाइरीङ्ग जलेर नष्ट भएको छ ।
आगलागीले विद्यालयको कक्षाकोठामा जडान गरीएका २७ ओटा पंखा, मोटर सहितका विद्युतिय सामग्रीमा क्षति भएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताएका छन ।
विद्यालय बन्द रहेकाले मानविय क्षति नभएको जनाइएको छ । वडाका जनप्रतिनिधिहरु र चारआली प्रहरी चौकीबाट आएका प्रहरी टोलीले घटनास्थलको अवलोकन गरी जानकारी लिएको विद्यालयले जनाएको छ ।





























