जंगली च्याउ खाँदा झापामा दुई जना बिरामी

0
1173

झापा ।

झापाको कन्काई नगरपालिका—७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् ।

मंगलवार बेलुकाको खाना संगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समय देखि नै वान्ता हुन थाले पछी उपचारको लागी बिर्तामोड स्थित बीएण्डसी अस्पताल भर्ना गरिएको छ ।

हाल उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here