कोरोना सचेतनामुलक लिएर आए ढुङ्गाना दम्पति

२४ बैशाख २०७७, बुधबार १२:३३ मा प्रकाशित
  • 642
  •  
  •  
  •  
  •  
  •  
  •  
    642
    Shares

लक्ष्मी उप्रेती / मेचीनगर, 

Advertisement

नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले विश्व त्रसित छ । यो भाइरसका कारण अहिले विश्वका धेरै शक्तिशाली र आफूलाई धनी राष्ट्र बताउने देशहरु समेत चपेटामा परेका छन् । अझ भनौ यसले कसैलाई छाडेको छैन् । यसैले अहिले विश्वमा लाखौको ज्यान लिइसकेको छ । संक्रमितको संख्या उत्तिकै छ । नियन्त्रणका लागि औषधि अहिल्यै बजारमा आइपुगेको छैन् ।

विभिन्न मुलुकले यसो रोकथामका लागि लकडाउन घोषणा गरेका छन् । वा अहिले विश्व नै लकडाउनको अवस्था छ । यसको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले पनि विभिन्न संयन्त्र र उपाय अघि सारेको छ । सवैक्षेत्र सरकारसँग हातेमालो गरी यसको नियन्त्रण र रोकथामका लागि अघि बढिरहेको छ ।

नेपालका स्वास्थ्यकर्मी हुन् वा सुरक्षाकर्मी, सञ्चारकर्मी नै हुन वा अधिकारकर्मी, कलाकारदेखि राजनीति दलका नेतामात्र होइन विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिदेखि सर्वसाधारणहरु समेत यसको नियन्त्रण र रोकथामका लागि आ आफ्नोक्षेत्रबाट सक्रियपुर्वक लागि परिरहेका छन् ।

कलाकारहरु गीतको माध्यमबाट त नाटककारहरु नाटकको माध्यममार्फत सचेतनामुलक नाटक प्रदर्शन गरेर सर्वसाधारणलाई यस बाट बच्ने उपाय सिकाईरहेका छन् भने स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितको उपचार गरेर अनि सुरक्षाकर्मी चेकजाचमा कडाई गरेर र अनावश्यक भीडभाड हुन नदिएर, सरकारले घोषणा गरेको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन गराउन सडकदेखि सीमानाकासम्म तैथान छन् । वा सवैजनाको अहिलेको ध्यान मानवजातिकै अहिलेको यो संकट कसरी टार्न सकिन्छ भनेर केन्द्रि त छ ।

यसैक्रममा झापाली एक दम्पति अहिले गीतकै माध्यमबाट सर्वसाधारणलाई यसबाट आफू पनि बाँच्न र अरुलाई पनि बचाउन आग्रह गरिरहेका छन् । यस अघि भजनका माध्यमबाट लाखौ करोडौ भक्तजनलाई नाच्दैं रमाउदैं खुशी र आन्ददित सहित मनोरञ्जन दिएर मन्त्रमुग्ध पादैं आएका भजन गायक सीता किशोर ढुङ्गाना अहिले विश्वमा मानव जातिको सवैभन्दा ठुलो शत्रुका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ सम्बन्धि चेतनामुलक गीत लिएर दर्शक र स्रोतामाझ आएका छन् ।

ढुङ्गाना दम्पति अहिले भजनलाई थाती राखेर चेतनामुलक गीत लिएर गाउँघर , लेकबेसी नगर शहर पुगिरहेका छन् । गीतकै माध्यमबाट उनीहरुरुले सवै मिलेर यसको सामना गर्न समेत भनेका छन् । उनीहरु झापा बुद्घशान्ति गाउँपालिका —३ निवासी भगवती न्यौपाने र धरणिधर पोखरेलको सहयोगमा कोरोना सम्बन्धि चेतनामुलक गीत २०७७ लिएर दर्शक र स्रोतामाझ उदाएका हुन् । विश्व समुदाय नोवल कोरोना भाइरस कोभिड १९ बाट प्रभावित भइरहेको यो अवस्थामा सर्वसाधारणलाई गीतका माध्यमबाट सचेतना दिने उद्घेश्यले कोरोना सम्बन्धि चेतनामुलक गीत २०७७ लिएर दर्शक र स्रोतामाझ प्रस्तुत भएको कलाकारद्वयले प्रतिक्रिया दिएका छन् ।

श्रीमान किशोर ढुङ्गानाको शब्द संगीत रहेको कोरोना सम्बन्धि सचेतनामुलक गीतमा श्रीमती र श्रीमान सीता किशोर ढुङ्गानाकोे स्वर रहेको छ । कोरोना के हो ? कसरी बच्ने, कहाँ नजाने, लागे के गर्ने ? लगायतका कुरालाई गीतको माध्यमबाट हरेकलाई सचेतना दिन खोजिएको छ । मानवताको दुशमन यो हो र नाम कोरोना भएको भन्ने शब्द मार्फत यसको वर्णन गरिएकोे छ ,भने यसको सामना सवै मिलेर मात्र सम्भव रहेको गीतले भनेको छ ।

‘मानवताको दुशमन यो हो नाम कोरोना मिलेर गरौै सामना’ भन्ने बोलबाट शुरु भएको यो गीत दीनःदुखी श्रमजीवी र असाहयलाई सहयोग गर्न समेत पछि पर्न नहुने सन्देश दिइएको छ । गीतको शुरु नै यहिबाट भएको छ ।

सीताको स्वरमा ‘मानवताको दुशमन यो होनाम कोरोना मिलेर गरौ सामना’ भन्दैं शुरु हुन्छ गीत अनि किशोरले पनि सोहि भन्दैं थप्नछन् ।

गीतकै माध्यमबाट मास्क लागाउन आग्रह गदैं घरमै बस्न र भीडभाडमा नजान देखि सावुन पानीले हात धोएर खाना खान समेत कलाकार ढुङ्गाना दम्पतिले सर्वसाधारणमा अनुरोध गरेका छन् । सीता फेरि भन्छिन्—‘मास्क लगाऊ घरैबसौ नजाउँ भीडभाडमा’लगत्तै किशोर थप्छन—‘हात धोई सावुन पानीले खाने गरौ खाना’ अनि दुवै अघि भन्छन्—‘मानवताको दुशमन यो हो नाम कोरोना मिलेर गरौ सामना ।’

नोवल कोरोना भाइरस कोभिड १९ को लक्ष्णको समेत शब्द संगीतमै वर्णन गरिएको छ । यी लक्ष्ण देखिए के गर्ने गीतकै माध्यबमाट ढुङ्गाना दम्पति भन्छन्—‘ सुख्खा खोकी रुघामर्की ज्वरो आयो भने, स्वास्थ्यकर्मीको सल्लाहको गर्नुपर्छ पालना ।’ यसले के बालक ? के ज्येष्ठ ? के नर ? के नारी ? को धनी ? को गरीव ? को ठुलो ? को सानो ? कसैलाई पनि नछाड्ने सम्म उनीहरुले गीतकै माध्यमबाट उजागर गरेका छन् ।

‘बालवृद्घ, नरनारी फैलिएको छ यो महामारी

गाउँ शहर नगर वस्तीमा जगाउ चेतना

‘मानवताको दुशमन यो हो नाम कोरोना

मिलेर गरौ सामना’

कलाकारहरुले अहिले सरकारले लकडाउन घोषणा गरेपछि वा मुलक लकडाउनको अवस्था रहेका बखत सर्वसाधारणको दैनिक जीवन यापन कष्टकर बन्दैं गएको छ । यस्तो बेलामा सवैले सवैलाई वा एकले अर्कालाई हुने ले नहुने लाई सहयोग गर्न समेत भनेका छन् ।

‘दीनःदुखी श्रमजीवी असाहयमा

सहयोग गर्न हुन हामी गछौं प्रार्थना

मानवताको दुशमन यो हो नाम कोरोना

मिलेर गरौ सामना’

गीतलाई मित्र मगरको बासुरी प्रस्तुतीले सुनमा सुगन्ध थपेको छ भने पंकज सिग्देलको गिटार तथा एरेञ्जले झनै दर्शक स्रोतलाई गीत सुन्न र युट्युवमा सहेर्न र सुन्न मन्त्र मुग्ध पारेको छ । अझ गायक÷गायिका ढुङ्गाना दम्पति सीता किशोरको कर्णप्रिय स्वरले त झनै गीतलाई शिखर नै पुर्याएको छ ।

यस्तो बेलामा हामी पनि चुप लागेर बसन मिल्दैन भनेर आफुहरुसँग प्रतिभालाई आम दर्शक र स्रोतामाझ प्रस्तुत गदैं कम से कम गीत संगीतका माध्यमबाट अहिले विश्वलाई आतंकित पारिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र फैलिन नदिने एउटा सचेचनामुलक गीत लिएर आएको किशोरको भनाई छ । उनी भन्छन्—‘गीतले भनेकै मात्र हामी सवैले मान्ने होे भने हामी यो संक्रमणबाट बच्न सकिन्छ ।’ यो आफूहरुको सानो प्रयास मात्र भएको प्रतिक्रिया दिन्छिन गायिका सीता । यसको रोकथाम नियन्त्रणमा आफ्नो ठाउँबाट बहन गर्नुपर्ने भूमिकामा आफुहर अहोरात्र खट्ने सीताको भनाई पनि छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. गीत सुनीयाे । सुमधुर स्वर, संगीत र चेतनामूलक शब्द छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here