कांकरभिट्टामा प्रहरीद्धारा औषधिको काटनभित्र सुर्ती तथा सुर्तीजन्य वस्तु बरामद

२४ बैशाख २०७७, बुधबार १२:५२ मा प्रकाशित
  • 455
  •  
  •  
  •  
  •  
  •  
  •  
    455
    Shares

मेचीनगर,

Advertisement

लकडाउनको वखत पनि मानिसले अवैधरुपमा धन्दा गर्न छाडेका छैनन् । कारोवारीले औषधिको काटनभित्र लुकाईछिपाई नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु आयात गर्ने गरेको गरेको घटना बाहिर आएको छ ।

लकडाउनका बखत विरामीले उपभोग गरिरहेको भारतीय औषधि ल्याउन केही सहज बनाइएसँगै व्यपारीले यसलाई गलतरुपमा प्रयोग गर्न थालेका छन् । अहिले औषधिल्याउने बहानामा केही व्यपारीहरुले औषधिको काटनभित्र नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु काँकरभिट्टा प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

काँकरभिट्टा प्रहरीले औषधिको काटन चेकजाच गर्ने क्रममा त्यहाँभित्र लुकाईछिपाई राखेको रजनीगन्धा सुर्तीलगायतका सुर्तीजन्य वस्तु फेला पारी आवश्यक कारवाहीकालागि भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार औषधि भनेर ल्याउदैं गरेको काटनभित्र केही छ कि भनेर शंका लागि खोलेर हेर्दा नेपालमा प्रतिवन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु फेला परेको थियो ।

प्रहरीले चोकजाँच गर्ने क्रममा लिएर आउने ती व्यक्ति चाँहि भागेका थिए । घटना लगत्तै अहिले काँकरभिट्टाबाट नाकाबाट दैनिक रुपमा विरामीले प्रयोग गर्ने औषधिमा समेत कडाई गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिइएको सवै औषधि आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको उहाँले जानकारी दिनुभयो ।

विभिन्न व्यक्तिको औषधि ल्याएको भन्दैं अहिले धेरैले औषधि ल्याउने गरेका छन् । तर, मेचीनगर नगरपालिकाले नेपालीले उपभोग गरिरहेका भारतीय औषधिको समन्वयका लागि नगरका १५ वटै वडामा वडास्तरीय फोकल फर्सन तोकेको छ । यदि मेची उद्योग उद्योग संघले समेत कानुनले बन्देज गरेका औषधि बाहेक हरेक व्यक्तिको औषधि ल्याइदिने गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here