‘एकका लागि एक’ अभियानलाई रोटरीको ४०,०००

२४ बैशाख २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड।

कोरोना भाइरस महामारीको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण उत्पन्न विषम परिस्थितिमा विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि चारपाने झापाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक’ अभियानलाई रोटरी क्लव अफ विर्तामोडले ४० हजार रुपैयाँ प्रदान गरेको छ ।

एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत रोटरीले उक्त रकमको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेको हो ।

रोटरी क्लव अफ विर्तामोडका पूर्व अध्यक्ष विनोद वस्नेत ,सुरेश वंशल , प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराई , सदस्य सञ्जीव घिमिरे लगायतले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अभियानका संयोजक गिरीले एक विपन्न परिवारका लागि दुई हजार रुपैयाँको खाद्य सामग्रीको प्याकेज बनाइएको र हालसम्म २५ लाख रुपैयाँ संकलन भई स्थानीय सरकारको समन्वयमा अति विपन्नको पहिचान तथा राहत वितरण शुरु गरिएको जानकारी दिए । अभियान अन्तर्गत ४० लाख रुपैयाँ संकलन गरी दुई हजार परिवारलाई राहत पु¥याउने लक्ष्य रहेको बताउँदै गिरीले

शुरुमा अभियानको लक्ष्य एक हजार परिवारलाई राहत पु¥याउने भएपनि सहयोगी हातहरुले स्वस्फूर्त रुपमा सहयोग रकम जम्मा गर्ने क्रम बढेपछि अभियानलाई विस्तार गरिएको जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here