शरीरमा पानीको कमी भएमा यस्तो समस्या देखा पर्छन्

0
1259

एजेन्सी ।

केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ। तर, पानी बिना भने प्राय असम्भव छ। पानी जीवन हो । यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो। शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ ।

विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ। शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ ।

१. डिहाइड्रेसनः पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ।

२. कब्जियतः शरिरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ।

३. शरिरको तापक्रम बृद्धि गर्छः शरिरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ।

४. पेटको अल्सरः शरिरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। पेटमा म्युकोसको निर्माण हँदैन। यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।

५. जोर्नी दुख्छः जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ। जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ।

६. रक्तचाप घट्छः रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ। तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।

७. मुटुको धड्कन बढ्छः जब शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ।

८. पाचन प्रणालीमा समस्याः पानी शरिरको एउटा महत्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउछ।  पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here