तीर्थराज खरेल,
बोलिने भाषाको आधारमाजातीयदुश्मनी र ऐतिहासिकशत्रुतालाई बीचमापर्खाल बनाएर बैमनश्यताको भावना समेत सृजनागर्ने हाम्रो परिपाटी रहिआएको छ । अंग्रेजीभाषाको बोलबालाभइरहेको आजको विश्वमा संसारमाअन्तर्राष्ट्रिय वैकल्पिकभाषाको रुपमाअन्यभाषालाई उभ्याउनखोज्नु असम्भवजस्तो लाग्छ । तर अंग्रेजीबाहेक स्पेनिस, पोर्चुगिज, फ्रेञ्च, जर्मन, चिनियाँ, अरबी, हिन्दी, जापानीलगायतकाभाषाहरु वैकल्पिकभाषाको रुपमाविकास भइरहेका छन् । यस्तै वैकल्पिक वैश्विकभाषाको रुपमा एस्पेरान्तो भाषालाई पनिलिन सकिन्छ । एस्पेरान्तो एउटा अन्तर्राष्ट्रिय भाषाहो । पोल्याण्डका डा.लाजारो लुदोभिकजामेनहोफले सन् १८८७मा सृजना गरेको यो भाषाअहिले आएर संसारका १ सय बढी देशहरुमाप्रयोगमाआएको छ ।
यो भाषाको सृजनागरिएका बेलामाभाषाकै कारणले देश तथाजातिहरु वीचमाद्वन्द्वको अवस्थाथियो । एउटा व्यक्ति र अर्को व्यक्तिको भाषाको कारणले वैमनश्यतानहोस् र सबैको साझाभाषाहुन सकोस् भनेर डा. जामेनहोफले यो भाषानिर्माणका लागि वर्षौ मिहेनेत गरेका थिए । अंग्रेजी, नर्वेजियली, स्पेनिश, फ्रेञ्च, जर्मन, पोर्तुगालीलगायतकायुरोपका धेरै भाषाको मूल ल्याटिन र ग्रीकलगायतकाभाषाहरु हुन्, सबैको साझाभाषानिर्माण गर्न मूललाई ग्रहण गर्न आवश्यक छ र भाषामा रहेका जटिलतालाई न्यूनीकरण गरी सरलीकृत रुपमाभावना, विचार सम्प्रेषणको माध्यमका रुपमाभाषाले कामगर्नुपर्छ भन्ने सिद्धान्तको जगमा यो भाषानिर्माण गरिएको हो । भाषाले विश्वबन्धुत्व, भाइचारा, मेलमिलापमाजोड दिनुपर्ने डा. जामेनहोफको सोच थियो । भाषाका कारण शत्रुतानहोस् र भाषाका कारण कुनै पनि देशमा लडाइँ नहोस् र कसैले पनिअकालमाज्यानगुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापित यो भाषादिनप्रतिदिनलोकप्रियहुँदै गएको छ र यो भाषाबोल्ने मानिसको संख्याद्रुतगतिमा बढ्दै गएको छ ।
यो भाषाविश्वका सम्पूर्णभाषा, धर्म , संस्कृति, भेषभुषा, जातजाति, लिङ्ग, राजनीतितथा समुदायको सम्मानगर्दछ । यसै कारण अमेरिका, चीन, भारत लगायत संसारका धेरैै देशमा यो भाषानिर्वाध रुपमाप्रयोगमाआइरहेको छ र यसको प्रचार भइरहेको छ । अहिले त यो भाषाप्रत्येक देशको कलासंस्कृतितथाअन्यविविधतालाई एक आपसमा साटासाट गर्ने उपयुक्तमाध्यमबनिरहेको छ । सन् १८५९ को डिसेम्बर १५ मातत्कालीन रुसी प्रान्तब्यालिस्तोक (हालपोल्याण्ड) माजन्मेका डा. जामेनहोफले सन् १८८७ को जुलाई २३ मारुसी भाषामा‘डाक्टर एस्पेरान्तो’भन्ने सानो पुस्तक लेखेर नयाँ तरङ्ग ल्याए । उनको जन्मभएकोप्रान्तमा राजनीतिकअस्थिरताका कारण विभिन्नदेशकाबासिन्दाआएर बसेका थिए र तिनीहरुकावीचमुख्यतःभाषाकै कारण शत्रुता रहेको थियो । उनीबाल्यावस्थामै छँदा भाषाकै कारण उत्पन्नशत्रुता र हिंसाको परिस्थितिबाट वाक्कदिक्कभएकाथिए र सन् १८७८ माअन्तर्राष्ट्रिय भाषाको प्रारुपतयार गरेका थिए, तर उनीविदेशमाअध्ययनकालागिगएका बेला छोराको कामलाई वाहियातभनेर जलाइदिएउनकाबाबुले । उनी मस्को र वार्सामाचिकित्साशास्त्रअध्ययनगर्न गए र सन् १८८५ मा डाक्टरको उपाधिहासिल गरे । त्यसपछि ६ वर्षको अबिरल खोज, अनुसन्धान र अथक परिश्रमको फलस्वरुपउनले कल्पना गरेजस्तोअन्तर्राष्ट्रिय भाषाको पूर्णरुप तयार भयो ।

एस्पेरान्तोको शाब्दिक अर्थ आशावादीभन्ने हुन्छ । यस भाषाको संकेतको रुपमापाँचकुने हरियो तारालाई लिइन्छ । हरियो रंगलाई आशाको प्रतीक मानिन्छ । एस्पेरान्तोसबैभन्दाव्यापक रूपमाप्रयोगमाआएको अप्राकृतिकभाषाहो जुन सजिलैसँग सिक्न सकिने तरिकाले बनाइएको छ। हालसम्मकुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषानबनाएपनि यो भाषाकाप्रयोगकर्ताहरू ५० लाखसम्मभएको अनुमान छ । हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागिज्यादाप्रयोग गरेको पाइन्छ।एस्पेरान्तो भाषामाकिताबतथापत्रिकाप्रकाशितहुने गर्दछन् । यस भाषाको विकासको लागिविभिन्नदेशमासम्मेलनहरू पनिहुने गर्दछन्। तीमध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमाहुने ‘विश्व एस्पेरान्तो कंग्रेस’हो जसमा ६० भन्दा बढी देशबाट आएका२ हजार बढी सहभागी हुन्छन्।एस्पेरान्तोमा शब्द धेरै भाषाबाट आएका छन् । तीमध्ये प्रायःजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आएका छन्, जसले गर्दाकुनै युरोपेलीभाषाजानेको व्यक्तिलाई यो भाषासिक्ननिकै सजिलो पर्दछ।पहिलो विश्व सम्मेलन फ्रान्सको बुल्योनसुरमेर शहरमा सन् १९०५ मा सम्पन्नभयो, जसमा७ सय एस्पेरान्तो भाषीले भागलिएकाथिए । सन् १९०८ माविश्वएस्पेरान्तो संघ स्थापना भएपछि यो भाषाको प्रचारले संस्थागत साथपायो र आज संयुक्त राष्ट्र संघ र युनेस्कोले समेत मान्यतादिएर यसको विकास तीब्र गतिमाभइरहेको छ । सय भन्दा बढी देशमा एस्पेरान्तो संघहरु यो भाषाको प्रचारका लागिक्रियाशील छन् ।
नेपालमापनि एस्पेरान्तो भाषालोकप्रियहुँदै गएको छ । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम लगायतले पनि यो भाषासिकेका थिए । नेपालमा एस्पेरान्तो भाषाको प्रचलन सन् १९५६ मा टिबोर सिकेलले गरेका थिए । यसै ताका काठमाण्डौमा एस्पेरान्तो संघको पनि गठन गरिएको थियो । अत्यन्त सरल तथान्यूनतमव्याकरणात्मक नियमहरु प्रयोग गरी सिर्जना गरिएको यो भाषा स्पष्ट, अर्थपूर्ण र लचकदार छ । छोटो समयमा सामान्यबोलीचालीमाप्रयोग गर्न सकिने संसारको एकदमै सरल भाषाको रुपमा यो भाषालाई लिन सकिन्छ । अन्तर्राष्ट्रिय सहायकभाषाको रुपमापहिचानबनाइसकेको यो भाषाले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म हरेक वर्ष सभासम्मेलन गर्दै व्यापार, पर्यटन, शिक्षालगायतका क्षेत्रको विकासकालागि ठूलो भूमिका खेल्दै आएको छ । लगभग ३० वर्षको सुस्ततापछि सन् १९९० पछि नेपालमा यस भाषाको प्रचारले फेरि तीब्रतापाएको छ । मेचीअञ्चलमापनि सन् २०१४ देखि धीमागतिमै भएपनि एस्पेरान्तो भाषाप्रतिको जिज्ञासा बढ्दै गएको छ र औंलामागन्न सकिने भाषाबोल्न सक्नेभाषाकाविद्यार्थीहरु यो भाषाको विकास र विस्तारमालागीपरेका छन् ।

हामी यो कल्पनामात्रगर्न सक्छौँ कि संसारको अर्को कुनामाजाँदाभाषिक समस्याआइनपरोस् अनिआफ्नो घरका सदस्यसँगझैँ कुराकानीगर्न सकियोस् तर यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामापनिभौगोलिक र अन्य कारणहरूले गर्दा साधारण असमानताआएर विभिन्नभाषिकाहरूको निर्माण हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्रबोलीहुनसक्लाभन्ने कुरा कल्पनापनिगर्न सकिँदैन ।जहाँजहाँभाषिक साम्राज्यवादहरूको बोलाबाला हुन्छ त्यहाँत्यहाँसिक्न सजिलो, बहुभाषावाद, भाषिकअधिकार र भाषिकविविधतामाविश्वास गर्नेहरूको भाषाः एस्पेरान्तो एक तटस्थ उपचार भएर उभिन्छ । त्यसमापनियसले अहिले भाषिकन्यायलाई आफ्नो नारा बनाएको छ । यस भाषालाई विभिन्न देशमाविभिन्न परिवेशमाविभिन्नप्रकारका मानिसले आफ्नो आफ्नो रुचि र उद्देश्यअनुसार प्रयोग गर्छन् । यहाँ कसैले कुनै भाषाप्रयोग र संरक्षण गर्नलाई कसैले दिएको हकको आवश्यकता पर्दैन ।
आजको युगमामानिसहरूको विभिन्न देशहरूसँग विभिन्न सम्बन्ध रहिरहन्छ, संसारभरका देशहरूमाजानु भनेको टोल छिमेकीको घर जानु जत्तिकै भइरहन्छ । यस्तो अवस्थामा सबै देशको सबै भाषासिकिराख्ने कुरा पनिआएन । त्यसैले आजभोलि यस्तो एउटा भाषा, जसले दुई विभिन्नभाषभाषी देश बीचविचारको आदानप्रदान गराउँछ, त्यसको आवश्यकता महसुस गरिनु स्वभाविकहो ।आज यो विश्वको सामु विभिन्न देशवासीहरू बीचव्यक्तिगत सम्पर्क कायमगर्ने अद्वितीयमाध्यमभएको छ । विभिन्न देशमापत्रमित्रतागर्ने सजिलो माध्यमहुनुका साथै कुनै पनि देशमा बस्ने किननहोस्, एक एस्पेरान्तोविद् अर्कोसँग भेट्नासाथ राजनैतिक सीमाना नाघी आत्मीयमित्र बन्दछन् । अझ युरोपेलीहरू त आफ्नापत्रमित्रहरूलाई खाने बस्ने व्यवस्थागरिदिएर बोलाउँछन् । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालकोप्रचलन आएपछि यस्तो सम्बन्धझन् व्यापकहुनथालेको छ ।


























