विराटनगर ।

सुनसरी–मोरङ सिञ्चाई आयोजना अन्तर्गतको नहर किनारमा बिहीबार एक जना युवक मृत फेला परेका छन् ।
बुधबार दिउँसो घरबाट हिँडेका कानेपोखरी गाउँपालिका– १ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव सुनसरी मोरङ सिञ्चाई आयोजनाको बेलबारी नगरपालिका– ९ खण्डमा फेला परेको हो ।
गिरीको शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा ११ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।































