काठमाडौँ, 
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभयो ।
उहाँले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।
सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ ।


























