१९ दिने अनलाईन अन्तरकृया सम्पन्न

1
957

विमल दहाल,
माई इलाम
नेपाल राष्ट्रिय शिक्षक संगठन इलाम आयोजनामा कोठामा प्रभावकारी शिक्षण कसरी गर्न सकिन्छ भन्ने बिषयक १९ दिने अनलाईन अन्तरकृया आज सम्पन्न गरेको छ ।
खुल्ला बिश्वबिद्यालयको अवधारणाका आधारमा घरमै बसेर कसरी शिक्षण गराउन सकिन्छ भन्ने बिषयमा १९ दिने अन्तरकृया सम्पन्न गरिएको नेपाल शिक्षक संगठन इलामका अध्यक्ष प्रकाश खनालले जानकारी दिनुभयो । असहज परिस्थितिमा पनि शिक्षण सिकाईलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा अन्तरकृया सम्पन्न भएको हो । शिक्षकहरुको पेशागत दक्षता बिकास गर्दै शिक्षक बिद्यार्थी बिचको सम्बन्ध कक्षा कोठामा कसरी प्रभावकारी बनाउने भन्ने बारेमा अन्तरकृया भएको थियो ।


दैनिक एक सय जना लिंक हुन सक्ने गरी ब्यबस्था गरिएकाले सरोकारवाला बिच प्रभावकारी शिक्षणका बारेमा अन्तरकृया भएको बताईएको छ । शिक्षक बिद्यार्थीहरुलाई कसरी अनलाईनका माध्यमबाट शिक्षण गर्न सकिन्छ भन्ने बारेमा अन्तरकृया भएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।
संगठनले आफ्ना शिक्षक सदस्यहरुलाई अनलाईन प्रशिक्षण दिने उद्धेश्यले अनलाईन तालिमको आयोजना गरेको बताईएको छ । प्रभावकारी कक्षा शिक्षणका क्रममा संगठनका शिक्षक तथा सरोकारवालाहरुलाई अनलाईन मार्फत प्रशिक्षण गरिएको हो । अनलाईन प्रशिक्षणमा शिक्षकहरुलाई शिक्षा क्षेत्रमा ख्याति पाएका बिभिन्न बिज्ञहरुबाट प्रशिक्षण दिने कार्य भएको थियोे ।
संगठनका जिल्ला अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा सम्पन्न अनलाईन तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक महासंघ राष्ट्रिय अध्यक्ष बाबुराम थापा, बिशिष्ट अतिथि शिक्षा बिभागका महानिर्देशक डा. तुलसी प्रसाद थपलिया, बिशिष्ट अतिथि काठमाण्डौ बिश्वबिद्यालयका सहायक डिन बालचन्द्र लुईटेल, अतिथिहरु नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा, शिक्षा बिज्ञ दिर्घराज जोशी लगायतको सहभागितामा सम्पन्न भएको थियो ।
अनलाईन प्रशिक्षणबाट कक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा खुल्ला बिश्वबिद्यालय, त्रिभुवन बिश्वबिद्यालय, काठमाण्डौ बिश्वबिद्यालय, पोखरा बिश्वबिद्यालय लगायतका बिषय बिज्ञहरुले अनलाईन प्रशिक्षण दिएको बताईएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here