वातावरणमा लकडाउनको सकारात्मक प्रभाव: नेपालमा सबै स्थानमा हरियो बत्ति, ग्रिन टेक्नोलोजीमा जानुपर्छ– विज्ञ


२६ बैशाख २०७७, शुक्रबार १०:०९ मा प्रकाशित

नरेन्द्र ढकाल / बिर्तामोड ।

Advertisement

कोरोना भाइरसका कारण विश्वका अधिकांश शहरहरु लकडाउनको अवस्थामा रहेका छन् । नेपालमा लकडाउन भएको ६ साता पुगिसकेको छ ।

लकडाउनका कारण आर्थिक, शैक्षिक, ब्यवसायी तथा विभिन्न क्षेत्रमा ठूलै असर परे पनि वातावरण क्षेत्रमा भने राम्रो प्रभाव परेको छ । दैनिक हुने प्रदुषणका कारण वातावरणीय क्षेत्र बिग्रिदै गइरहेका बेला लकडाउनले सुधार गरेको वातारणका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको भनाई छ । ।

वातावरणको क्षेत्रमा लामो समयदेखि कार्यरत डा.अर्जुन बराल भन्छन्–कोराना भाइरसका कारण गरिएको लकडाउनले अन्य क्षेत्रमा नराम्रो असर परेपनि वातावरणको क्षेत्रमा यसले राम्रो प्रभाव पारेको छ । नेपालमा जलवायु परिर्वतनमा असर पर्दै गइरहेका बेला लकडाउनले वातावरणलाई सुधार ल्याउन सहयोग पु¥याएको बरालको भनाई छ ।

यो अवस्थामा प्रदुषण कम भएकाले वातावरणमा सुधार आएको बरालले बताए । लकडाउनले वातावरण सुध्रियो अव यसलाई कायम राख्न सरकारले ग्रिन टेक्नोजोजिको अवधारणा बनाएर काम गर्नु पर्ने बरालले सुझाव दिए । राजधानी काठमाण्डौं सबै भन्दा खराब अवस्थामा पुगेको बेला यो लकडाउनले राजधानी काठमाण्डौंको वातावरण सुधारमा महत्वपूर्ण योग्दान पु¥याएको बरालको भनाई छ ।

नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएको वातवारणका क्षेत्रमा कार्यरत मञ्जित ढकालको भनाई छ ।

नेपालमा सन् २०१६ पछि हावाको प्रदूषण नाप्न थालिएको र त्यसयता पहिलो पटक नेपालभर नै ग्रीन सिग्नल देखिएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्रा्ष्ट्रिय मापदण्ड २५ तोकेको छ ।

यस्तै नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सयसम्म पहेँलो अर्थात् बसोबासका लागि योग्य, अक्वा एक सय ५० सम्म बैजनी अर्थात् समस्यापूर्ण र एक सय ५० भन्दा माथि गएमा रातो अर्थात् बसोबासका लागि अयोग्यको सङ्केत देखाउने जनाइएको छ ।

नेपालमा काठमाण्डौ, सिमरा, दाङ, धनकुटालगायतका मापन केन्द्रहरुले धेरैजसो समय रातो सङ्केत देखाउने गरेकोमा अहिले भने नेपालभर हरियो सङ्केत देखिएको छ । अत्यन्तै प्रदूषण हुने सिमरा र नेपालगञ्जमा अक्वा १५ भन्दा तल झरेको छ भने सौरहा, दाङलगायतमा ४० भन्दा कम छ । नियमित पानी पर्नुले पनि हावाको प्रदूषण घटेको र सबैभन्दा बढी प्रभाव पार्ने उद्योग र गाडी कम चलेकोले पनि प्रदूषण कम भएको हो ।

सीमावर्ती क्षेत्रहरुमा भारतीय वायुको कारण पनि प्रदूषण धेरै हुने गरेकोमा अहिले भारतमा समेत लकडाउन रहेकोले वायु प्रदूषण निकै कम भएको वातावरणका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको भनाई छ । वातावरण सन्तुलन हुदाँ त्यसले मानिस तथा अन्य प्राणीलाई समेत राम्रो ह’ने भएकाले वातावरणको संरक्षण गर्दै जानुपर्ने विज्ञहरुको भनाई छ ।

विश्वका विभिन्न मुलुकहरुले समेत ग्रिन टेक्नोलोजिलाई प्राथमिकता दिइरहेका बेला अब नेपालले समेत यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । वातावरणलाई सन्तुलनमा राख्न सकेमा पानी सतह समेत नघ्ने तथा हावामा पनि स्वच्छता हुने भएकाले विभिन्न सरुवा रोगको जोखिम पनि कम हुने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्