‘एकका लागि एक’ अभियानमा जेसीज पूर्व अध्यक्ष समाज झापाको सहयोग

0
1013

बुधबारे ।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि राज्यले लकडाउन गरेपछि अति विपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको ‘एकका लागि एक’ अभियानमा जेसीज पूर्व अध्यक्ष समाज झापाको २१ हजार आर्थिक सहयोग गरेको छ ।

एक परिवारले एक विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको सो अभियानमा सह–आयोजक संस्था समेत रहेको जेसीज पूर्व अध्यक्ष समाज झापाले आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बुधबारेमा सो रकम अभियानको खातामा जम्मा गरेको जेसीज पूर्व अध्यक्ष समाज झापाका महासचिव विष्णु रिमालले बताउनु भयो ।

रकम जेसीज पूर्व अध्यक्ष समाज झापाका महासचिव जेसी विष्णु रिमाल, बुधबारे जेसीज वर्ष २०२० का अध्यक्ष जेसी नन्दकुमार याफु राई र जेसी अनिल वाग्लेले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बुधबारेका प्रमुख सागर ओझालाई हस्तान्तरण गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here