खोटाङ।
खोटाङको हलेसी तुवाचुङ–१० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका छन ।
आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।