छोराले बञ्चरो प्रहार गरी आमा–बुबाको हत्या गरे, सालोले ढुङ्गा प्रहार गर्दा भिनाजुको मृत्यु

0
975

बिराटनगर ।

प्रदेश–१ का तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ । हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुपबहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

छोराको बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्या गरेर फरार रहेका लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै खोटाङको केपिलासगढी गाउँपालिका–२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।

आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने घटनामा संग्लग्न रहेका उनकै भाई २० बर्षीय जीवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुवै घटना बिहीबार राती भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here