घाइते जीवहरु स्याहार्दै वन कार्यालय

0
655

भद्रपुर,

डिभिजन वन कार्यालय झापाले बन्दाबन्दीका बेला घाइते अवस्थामा फेला परेका जनावर र पक्षीको कार्यालयमै राखेर संरक्षण गरिरहेको छ ।

मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन नजिकै दिलमाया योङहाङको घरबारीमा अन्दाजी तीन महिनाको रतुवा मृग गाउँलेले घाइते अवस्थामा फेला पारी बिहीबार वन कार्यालयलाई जिम्मा दिएका थिए । मृगको पेट काँडेतार लागेर चिरिएको हुँदा भेटेरेनरीमा लगेर टाँका लगाइएको छ ।

बुधबार भद्रपुरस्थित राष्ट्रिय समाचार समितिको कार्यालयमा कागलगायत अन्य चराहरुले ठुँगेर घाइते बनाएको अवस्थामा हुचिल फेला परेको थियो ।

पखेटामा चोट लागेको सो हुचिललाई पनि डिभिजन वन कार्यालयमै राखिएको छ । दुई साताअघि बाह्रदशीस्थित जलथल जङ्गलमा घाइते अवस्थामा भेटिएको ४५ केजीको १२ फिट लामो अजिङ्गरलाई समेत वन कार्यालयमा राखेर उपचार भइरहेको छ ।

अजिङ्गरको टाउकोमा चोट छ । मृग, हुचिल र अजिङ्गरलाई खोरमा राखेर उपचार भइरहेको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here