माई–५ लाई खाध्यान्न सहयोग गर्दै संघ संस्था

0
643

विमल दहाल/ माई,

माई नगरपालिका इलामलाई माई वडा नम्बर–५ का बिभिन्न संघ संस्थाले खाध्यान्न सहयोग गरेका छन । खाध्यान्न सहयोग गर्नेहरुमा माई–५ का सामुदायिक बन, सहकारी संस्था, धार्मिक संस्था तथा बिभिन्न संघ संस्था रहेको वडा सदस्य केशर बहादुर राईले जानकारी दिनुभयो ।

नगरपालिकाको एकद्धार प्रणाली मार्फत मेयर दिपक कुमार थेबेलाई वडाका १३ वटा संघ संस्थाले ९८ हजार ९ सय ८० बराबरको खाध्यान्न सहयोग गरेका हुन । सहयोग गरिएको खाध्यान्नहरुमा चामल १५ क्वीटल, मुसुरी दाल ९५ केजी, आयोनुन २ सय ५० केजी, नुहाउने साबुन १ सय ४० वटा र खाने तेल ७ कार्टन रहेको छ । नगरलाई प्राप्त खाध्यान्न मेयर थेबेले वडा अध्यक्ष गम्भिर बहादुर तामाङ्ग तथा वडा समिति मार्फत बिपन्न परिबारलाई बितरण गर्ने गरि वडालाई आजै प्रदान गर्नुभएको छ ।

कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि लकडाउन भएपछी बिपन्न वडाबासीलाई खाध्यन्न समस्या भएको भन्दै माई–५ का सपना, कालिखोला, बसन्त, मिर्मिरे, दाहालटार र गिताङ्गे सामुदायिक बन उपभोक्ता समुह, परिबर्तन र दिपज्योति सहकारी संस्था, सतगुरु कबिर धर्मदाश उत्तर खण्ड संत समाज भक्तकोष समिति, दश अंश अक्ष कोष समितिले राहात सहयोग गरेका हुन ।

त्यस्तै अनुग्रह बक्तिस मण्डली चर्च कालिखोला र सानोबद्ध तथा नेपाल कम्निष्ट्र पार्टी (नेकपा) वडा कमिटी माई–५ ले खाध्यान्न सहयोग गरिएको कालिखोला सामुदायिक बन समुहका उपाध्यक्ष यदुनाथ दुलालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here