दिलकुमार लिम्बू /ताप्लेजुङ,

ताप्लेजुङ गत हप्तामा फुङलिङ पुरानो बैंक लाईन आगलागीबाट पिडित घर परिवारलाई विभिन्न संस्थाबाट राहत वितरण गर्ने कार्य भैरहेको छ ।
शुक्रबार ताप्लेजुङ समाज नेपाल काठमान्डौं र नेपाल बौद्ध माहायान केन्द्र कुम्बा कपन काठमान्डौंले फुङलिङमा राहत वितरण गरेको छ ।

ताप्लेजुङ समाज नेपाल काठमाण्डौंले ३१ परीवारलाई रु १० हजारको नगद दरले वितरण गरेको छ त्यस्तै नेपाल बौद्ध माहायान केन्द्र कुम्बा कपन काठमान्डौंले प्रति परीवार ३० केजी चामल,सिरक,सिरानी, तन्ना, प्रेसर कुकर, कराइ, र पन्यौं साथै अन्य आवस्यक जिन्सि समाग्री वितिरण गरेको छ ।
तापलेजुङमा जन्मेर विभिन्न रोजगारी तथा अवसरको खोजी गदै काठमाण्डौं पुकेर आफनो जन्मेको जिल्लाको लागि आफुले सकेको सहयोग गर्ने उद्देश्यले समूहमा आवद्ध भएर आफनो जिल्लामा भएको विभिन्न घटनामा सहयोग गर्दै आएको छ ।

ताप्लेजुङके नागररिगले आफनो जिल्लामा भएको विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको ताप्लेजुङ समाजका महा सचिव अग्नी पौडेलले बताउँन भयो । लक डाउँनको भएकोले काठमाण्डौं देखि ताप्लेजुङ सम्म राहत लिएर आउँन निकै समस्या भएको निकै समस्या भउको पौडेलले बताउँनु भयो ।





























