विद्यार्थीहरुद्धारा अतिक्रमणको विरोधमा भारतिय दुतावास अगाडी प्रदर्शनको तयारी

0
770

काठमाडौं ।

नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा अनेरास्ववियू निकट विद्यार्थीले आन्दोलन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे भारतीय दूतावास लैनचौर अगाडि विद्यार्थीले आन्दोलन गर्न लागेका हुन् । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम आयोजना हुने अनेरास्ववियूले जनाएको छ ।

कोरोना सन्त्रासका बिच सामाजिक दूरी कायम गर्दै विरोधका कार्यक्रम आयोजना हुने अनेरास्ववियूका नेताले बताएका छन् । नेपाली जमिन मिचेर भारतले एकतर्फी रूपमा मनसरोव जाने सडक बनाएपछि त्यसको सर्वत्र विरोध भइरहेको बेला विद्यर्थीहरुले सडकबाट विरोध जनाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here