जग्गादाता कार्कीलाई सम्मान

0
1156

झापा,

झापाको कमल गाउँपालिका–५ को कार्यालय भवन शिलान्यास गरिएको छ । पाडाजुँगीचोक पूर्व पाथीभरा चोकमा निर्माण हुने वडा कार्यालय भवनको प्रदेशसभा सदस्य अर्जुन राईले आज शिलान्यास गर्नुभएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिनुभयो ।

सांसद विकास कोषमार्फत विनियोजित रु २५ लाख बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माणको काम शुरु गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा सो प्रदेशसभा सदस्य राई, गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेणु शिवाकोटीले विकास निर्माणमा एकजुट हुन आह्वान गर्नुभयो ।

भवन निर्माणका लागि जग्गादान गर्ने सन्तोष कार्कीका परिवारलाई सम्मान समेत गरिएको थियो । दाताले त्यहाँ करिब रु ३० लाख मूल्य पर्ने १७ धुर जग्गा उपलब्ध गराउनुभएको थियो ।

भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नुका साथै जग्गादाता कार्कीको संयोजकत्वमा पाँच सदस्यीय एक अनुगमन समितिसमेत गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here