भारतले लिपुलेकमा बनाएको सडकबारे कुटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री भट्टराईको माग

२७ बैशाख २०७७, शनिबार मा प्रकाशित

काठमाण्डौ,

भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विरोध गर्नुभएको छ ।

डाक्टर भट्टराईले सामाजिक संजाल ट्विटरमा कालापानी र सुस्ता क्षेत्रबारे सीमा वार्तामा दुबै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको अवस्थामा भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्नु गलत भएको बताउनुभएको हो।

नेपालमा सञ्चारमाध्यममा समाचार आएपछि वा चुनावको बेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने प्रचलन रहेको भन्दै डाक्टर भट्टराईले घटनाबारे तुरून्त कुटनीतिक तहमा हल गर्न माग गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here