भारतको साम्राज्यवादी नीतिप्रति सरकारले विरोध नगर्नु आश्चर्यजनक : राष्ट्रिय जनमोर्चा

0
588

काठमाण्डाै,

राष्ट्रिय जनमोर्चा पार्टीले लिम्पियाधुरा हुँदै मानसरोवरसम्म भारतले सडक निर्माण गरेकोमा भर्त्सना गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर यसबारेमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ ।’

अर्को प्रसङ्गमा राष्ट्रिय जनमोर्चाले एमसीसी पनि इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेकाले एमसीसी अस्वीकार गर्नुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउन अमेरिकाले नेपाललाई दबाब दिएको दाबी गर्दै त्यसको पनि विरोध गरिएकाे छ ।

भारतले लिम्पियाधुरा हुँदै मानसराेवरसम्म सडक निर्माण गरेकाेप्रति विभिन्न पार्टीले भर्त्सना गर्दै सरकारसँग तुरुन्त धारणा मागेका छन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here