लकडाउनले काठमाण्डौंमा समस्यामा परे बुद्धशान्तिका तीन सय नागरिक, अध्यक्ष भुजेल भन्छन्– संघिय सरकारले ल्याउन दिएन्

0
931

झापा ।

सरकारले गरेको लकडाउनका कारण अध्ययन तथा रोजगारीको शिलशिलामा राजधानी काठमाण्डौं पुगेका धेरैको जनजीवन कष्ठकर बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको हो । लकडाउन गरेको लामो समय बितिसक्दा समेत विकल्पको विषयमा सरकारले केहि गर्न नसकेपछि नागरिक समस्यामा पर्दै गएका छन् ।

स्थानीय तहले विभिन्न मापदण्ड बनाएर राहत बितरण गरेपनि अझैं धेरैले राहत नपाएको बताएका छन् । लकडाउनका कारण आफ्ना नागरिक समस्यामा परेको तर ल्याउँछु भन्दा संघिय सरकारले नदिएको झापाको बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनले भने– बुद्धशान्ति गाँउपालिकाका करिब तीन सय नागरिक काठमाण्डौंमा हुनुहुन्छ । सबै सुरक्षा ब्यवस्था अप्नाएर क्वारेन्टीनमा राख्ने गरी ल्याउँछु भन्दा पनि संघिय सरकारले दिएन् । उनले झापामा सातबाट बस तयारी अवस्थामा राखेको र काठमाण्डौं जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय, गृहमन्त्रालयमा समेत पत्र पठाएको लामो समय भइसकदा समेत संघिय सरकारले आफ्ना नागरिक ल्याउन नदिएको गुनासो गरे ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने विषयमा संघिय सरकार जति सचेत छ त्यो भन्दा धेरै बुद्धशान्ति गाँउपालिका सचेत भएको अध्यक्ष भुजेलले बताए । उनले काठमाण्डौंमा रहेका बुद्धशान्तिका नागरिक ल्याउन नपाउँदा आफुलाई सारै चिन्ता लागेको बताए । अध्यक्ष भुजेल भन्छन्–छोराछोरी काठमाण्डौंमा छन्, यहाँ आमा–बुबा आएर केहि गरिदिनुप¥र्यो भन्नु हुन्छ हाम्रो कुरै सुन्दैन संघिय सरकार । आफ्ना नागरिक ल्याएर ब्यवस्थित तरिकाले राख्छु भन्दा त दिनुप¥र्यो नी ? काडमाण्डौंमा हाल रोजगारी नहुदाँ आर्थिक समस्या सुरु भएको घरधनीले समेत घरबाट निकाल्न थालेकाले आफ्ना नगरिक ल्याउन पाउँनु पर्ने उनको भनाई छ ।

गाँउपालिकाबाट अध्ययन तथा रोजगारिका लागि काठमाण्डौं पुगेका नागरिकसंग दिनरात सम्पर्कमा रहेर उनीहरुको पिडा सुन्न बाहेक केहि गर्न नसकेको भन्दै अध्यक्ष भुजेलले सरकारको निर्णय नै गलत भएको बताए । हालसम्म कसैलाई पनि क्वारेन्टीनमा राख्नु नपरेको भन्दै उनले विदेशबाट आएका सबै नागरिकलाई होम क्वारेन्टीनमा नै राखेर उनीहरुको निगरानी गरेको जानकारी दिए । नागरिकको समस्याको पहिचान गरेर बुद्धशान्ति गाँउपालिकामा दुई चरण गरेर राहत समेत वितरण भइसकेको अध्यक्ष भुजेलको भनाई छ ।

उनले बुद्धशान्तिका कोहि पनि समस्यामा परे तत्काल समस्या समाधान गर्न आफु तयार रहेको बताए । बुद्धशान्ति गाँउपासलकामा तरकारी खेती धेरै हुने भएकाले यहाँ उत्पादन भएका कृषिजन्य वस्तुलाई धरानसम्म विक्रिका लागि जिल्ला प्रशासनबाट सहजता मिलाएको उनले जानकारी दिए । राहत वितरणमा केन्द्रित हुदाँ किसानका तरकारी नबिकेको थाहा पाएपछि आफैंले गाँउ–गाँउ लगेर बेच्नका लागि किसानलाई यातायातको ब्यवस्था गरेर सहजिकरण गरेको अध्यक्ष भुजेलले बताए । तरकारीका साथै ब्रोइलर जातका कुखुरा समेत बेच्नका लागि सहजिकरण गर्नुका साथै वर्षायामा शुरु भएकाले बुद्धशान्ति गाँउपालिकाले निःशुल्क बिउ वितरण कार्यक्रम समेत शुरु गरेको जनाइएको छ ।

यस पटक जसले जति बिउ लगेको छ । उसले अर्को पटक त्यत्ति नै बिउ छुट्टीयाएर राखनुपर्ने नियमका साथ किसानलाई कृषिजन्य वस्तुको बिउ वितरण शुरु गरेको अध्यक्ष भुजेलले बताए । उनले मलमा समेत सहुलियत दिने तयारी भइरहेको जानकारी दिए । आगामि वर्षको बजेट कृषि प्राथमिक हुने भन्दै शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट तर्जुमाका काम शुरु गरेको बताइएको छ ।

यता बुद्धशान्तिमा पर्याप्त मात्रामा तरकारी उत्पादन हुने भएकाले सबै उपभोक्तालाई गाँउ घरकै तरकारी किन्न आग्रह गरिएको गाँउपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलले जानकारी दिइन् । उनले लकडाउनको समयमा बजारमा कालोबजारी नहोस् तथा उपभोक्ता नठगिउन भनेर बजार अनुगमनलाई तिब्रता दिएको बताइन् ।

उनले यस्तो बेला कसैलाई पनि उपभोक्ता ठगि गर्ने काम नगर्न आग्रह गर्दै अनुगमनका क्रममा यदि ठगि गरेको पाइए कारबाही गर्ने उल्लेख गरिन् । उपाध्यक्ष भूर्तेलले हप्तामा एक दिन बुद्धशान्तिका बजारको अनुगमन गर्ने गरेको जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here