छिमेकीले जति पनि पैसा दिने

0
1020

झिलझिले ।

लकडाउन अघि शेयर सदस्यले जम्मा गरेको निक्षेप यहाँको एक सहकारीले जतिपनि भुक्तानी गर्ने भएको छ । बैंकहरुले निश्चित रुपैयाँ भुक्तानी गरिरहेका बेला शिवसताक्षी ८ भिलझिलेको छिमेकी बचत तथा ऋण सहकारीले सदस्यले बचत गरेको जति पनि रकम भुक्तानी गरिरहेको छ ।

शनिबार सहकारी संस्थाका एक सदस्यले ६ लाख रुपैयाँ भुक्तानी लगे । उनले भने, ‘स्थानीय एक बैकमा पनि बचत गरेको थिए । ६० हजार भन्दा बढी रकम नदिने भएपछि छिमेकीमा राखेको रकम मध्ये ६ लाख भुक्तानी लगेको हुँु ।’ उनका अनुसार सहकारीमा ‘बार्गेनिङ’ नै गर्ने परेन ।

सहकारीका कार्यकारी प्रमुख नगरप्रसाद ओली (नविन)का अनुसार लकडाउनका कारण घर जग्गा र अन्य कारोबार गरेर अड्किएका शेयर सदस्यलाई कर्जा प्रवाह पनि भईरहेको छ । यो अवधिमा छिमेकी बचत तथा ऋण सहकारी संस्थाले ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । शिवससताक्षी नगरको मंगलबारे र जनता बजारमा सेवा केन्द्र स्थापना गरेको संस्थामा ४ हजार २० जना मालिक छन् ।

कार्यकारी प्रमुख ओलीका अनुसार गएको साउन यता सहकारीको ४१ करोड ४२ लाखको वासलात रहेका छ । नाफा पनि सहकारीले मनग्य गरेको पाईएको छ । कार्यकारी प्रमुख ओलीले भने, ‘चालु आवको यो अवधि सम्म सहकारीले ८० लाख ८१ हजार मुनाफा आर्जन गरेको छ ।’

लकडाउनको ४६ औ दिन गुज्रिदा सहकारीले ९० लाख भन्दाबढी निक्षेप फिर्ता गरेको सहकारी संस्थाका कार्यकारी ओलीले बताए । यो अवधिमा सो सहकारी संस्थाले १ करोड २० लाख निक्षेप संकलन गरेको छ ।

डेढ महिना लामो लकडाउनका कारण सदस्यको दैनिक जीवन यापन कष्टकर बनेपछि सहकारीले प्रति सदस्य ५ हजार सापटी कार्यक्रम पनि संचालन गरिरहेको छ । यो रकम दुई महिनापछि फिर्ता गर्नुपर्ने सहकारीले नियम बनाएको छ । सहकारी संस्थाका अध्यक्ष गणेश प्रधानका अनुसार लकडाउन लम्बियो भने समयको दायरा पनि केहि पर जान सक्ने छ ।

छिमेकी सहकारी संस्थाबाट ५ हजार सापटी लिने सदस्य १ सय ५६ जना छन् । ब्यापारी व्यवसायी, नोकरी गर्ने र वैदेशिक रोजगारमा गएकाले भरथेग गर्ने परिवारका लागि यो रकम वरदान स्वरुप भएको लाभग्राहीले बताएका छन् ।
‘छोराले पैसा पठाउला भन्ने छैन । उता पनि लकडाउनले काम भएको छैन रे । काम नभएपछि दाम पनि पाहिन्न होला ।

धन्न छिमेकीले ५ हजार सापटी रुपैयाँ दिएर दुःखका बेला समाजको नायक बन्यो,’ एक सदस्य महिलाले भनिन् । सापटी लिएको रुपैयाँले चामल, नुन, दाल, तेल खरिद गर्ने उनले बताईन । सरकारले दिएको राहत आफुभन्दा निम्न वर्गका लाई नै नपुगेको खवर सुनेकी उनले वडा र नगरमा राहतका लागि कुनै चासो नै राखिनन् । उनको परिवारलाई नजिकबाट चिन्नेले सरकारले वितरण गर्ने राहत उनले पनि पाउन सक्ने वताए । उनले भनिन्, ‘मलाई चाहिन्न म भन्दा निमुखाले पाउन ।’

उनि पनि शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को एक घरमा वहालमा बस्दै आएकी छन् । उनको स्थायी घर ईलामको मंगलबारे हो । दुई छोराछोरीलाई स्थानीय संस्थागत विद्यालयमा अध्ययन गराईरहेकी उनका श्रीमान् वैदेशिक रोजगारका लागि मलेसियामा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here