अबैध हतियार सहित एक जना पक्राउ

0
815

सोलुखुम्बु ।

सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा रहेको नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

उक्त सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक र एउटा मरेको कालिज सहित आज बिहान ७ बजे पक्राउ गरेको हो ।

चोरी शिकारीमा संग्लग्न रहेका अर्का स्थानीय २५ बर्षीय दिपक राई भने तत्काल फरार रहेकोले उनको समेत खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here