पहाडका जंगलबाट काठ निकाल्न चटारो

0
935

युद्धबहादुर बोहोरा / इलाम।

कोरोना महामारीका कारण करीब दुई महिना अघि देखि देशमा बन्दाबन्दी भइरहेको अवस्थामा हाल सरकारले सर्तसहित सिमित क्षेत्रलाई खुकुलो बनाए संगै यतिबेला पहाडी क्षेत्रका जंगलबाट काठ(गोलिया) निकाल्न व्यावसायिलाई चटारा परेकोे छ ।

वर्षात शुरु भएपछि ग्रामिण सडकबाट काठ ढुवानी गर्न कठिन र जंगलमा कुहिने डरले मुख्य सडक सम्म निकाल्न हतार गरिएको काठ वयावसायि गजेन्द्र काफ्लेले बताए ।

उनी भन्छन्,‘आर्थिक चलपल ठप्प भएको समयमा गाँउघरमा उत्पादन भएका हरेक सामान निकासीको पखाईमा कृषकहरु रहेका छन् ।’ काठ व्यावसाय निरन्तर सहज भइरहे कृषकको आयश्रोत र स्थानीयलाई रोजगारीमा समेत मद्दत मिल्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानु अघि आफुले लगाएको उतिसको बिरुवा केही वर्षमा स्वदेश फर्किए लगतै बिक्रि गरेकोले उनी खुशी हँदै पुनःबृक्ष रोपणमा जाँगर चलेको बताउँछन् फाकफोकथुम–१,मजुवा निवासी गणेश निरौला ।

पहाडी भेगका अधिकांस जमीन जंगलले ढाकेको पाइन्छ । वातावरणीय हिसाबले स्वच्छ र पर्यटकिय दृष्टिकोणबाट पनि हराभरा जंगलको अत्यन्तै महत्व छ । थोरै लागत खर्चमा बृक्ष रोपण,छिटो समयमा बृद्धि हुने र पहाडी भेगको भिराले भू–भागमा राम्ररी फष्टाउने उतिस,मलातो तथा अन्य जातका कु–काठ रोपिने गरिन्छ । बिरुवा लगाएको १५ देखि २० वर्ष भित्रमा बिक्रि गरि बर्षेनी लाखौँको आम्दानी भित्र्याइ रहेका यस क्षेत्रका मानिसको ठुलो आयश्रोतको बाटो बनेको स्थानीय शिकक्षक दिननाथ भट्टराई बताउँछन् ।

तराईका विभित्र जिल्लामा सञ्चालनमा रहेका काष्ठ फर्निचर तथा भेनियर उद्योगका लागि ढुवानी हुने पहाडका काठ(कच्चा पदार्थ) पछिल्लो दिनको जटिल परिस्थितिले माग कम भएको काठ व्यावसायिहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here