‘एकका लागि एक’ अभियानद्धारा घैलाडुब्बामा विपन्न ३० घरपरिवारलाई राहत वितरण

0
1278

बिर्तामोड ।

कोरोना महामारीका कारण लकडाउन लम्विएसँगै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेको अगुवाईमा सञ्चालन ‘एकका लागि एक’ अभियानले ३० घरपरिवारलाई राहत वितरण गरेकोे छ ।

सहाराको अगुवाइमा १६ वटा संघ÷संस्था आवद्ध रहेको अभियानले झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा विपन्न ३० घरपरिवारलाई सोमवार राहत वितरण गरेको हो । अभियानले स्थानीयतहसँगको सहकार्यमा राहत वितरण गरेको हो ।

राहत वापत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र एउटा नुहाउने र एउटा कपडा धुने सावनसहित २ वटा सावुन राहत वापत वितरण गरिएको थियो ।

कनकाई नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजबंशीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै उनले सहारा नेपाल साकोसले विपन्नका लागि धेरै राम्रो अभियान सञ्चालन गरेको बताए । उनले लोभी प्रवृत्ति त्याग्नु पर्ने बताउँदै भोकै मर्न नदिने बताए । ‘लकडाउन खोल्ने अनुमति छैन’ प्रमुख पोखरेलले भने ‘अतिआवश्यक कार्यलाई सामाजिक दुरी कायम गरी पञ्जा र माक्स प्रयोग गरि केही खुकुलो पारेका हौं ।’ उनले भकारीमा धान भएकाले पनि राहत माग्ने गरेको बताए ।

कनपा वडा नं. २ का अध्यक्ष पर्शुराम गिरी, नेपाल रेडक्रस सोसाइटी झापा मन्त्री चन्द्रप्रसाद चुडाल, रेडक्रसका घैलाडुब्बा सभापति केशवप्रसाद शर्मा, सहारा सहयोग समिति सदस्य दिव्यसरा उप्रेती, नारी चेतना कृषि सहकारीकी अध्यक्ष लत्ता श्रेष्ठ, सदस्य झुमा आचार्य वेडारी, वडा सदस्य राजेश लिम्बु, नरमान श्रेष्ठ, मुना शिवा, कार्यपालिका सदस्य चुवालाल राजवंशी, समाजसेवी खड्ग राजवंशी, दीपक चापागाई, घैलाडुब्बा युवा क्लवका अध्यक्ष गोविन्द उप्रेतीलगायतले राहतका लागि कुपन वितारण गरेका थिए ।

कार्यक्रममा सहारा साकोस लक्ष्मीपुरका कर्मचारी खगेन्द्र निरौला, वेनिमा प्रसाई, निर्मला प्रसाईलगायतको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सहारा नेपाल साकोस लक्ष्मीपुरका प्रमुख उमेश भारतीले गरेका थिए । सोही कार्यक्रमका विच नगर प्रमुख पोखरेललाई जन्मदिनको शुभकामना समेत दिइएको थियो । कार्यक्रममा राहत लिनेहरुका तर्फबाट कल्पना चौहानले सहारालाई धेरै धेरै धन्यवाद दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here