छोराको याचना : मेरी आमालाई बाचइदिनुहोस्

0
836

बिर्तामोड ।

संसारमा आमाभन्दा महान को होला र ? आमाका लागि छोराछोरीले जस्तो सुकै त्याग पनि गर्न सक्नुपर्छ भन्ने उदाहरण बनेका छन् झापाका दुई दाजुभाई । झापाको अर्जुनधारा–१० घर भएका पर्शुराम विश्वकर्माकी आमा शिवमाया बराईलीलाई आन्द्राको क्यान्सर भएपछि उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छिन् ।

भर्खर एईई परिक्षा सकेका पर्शुरामले कल्पना समेत गरेका थिएनन् कि जीवनमा यति ठूलो संकट आईपर्छ भनेर । पढ्ने उमेरमा आमालाई कसरी बचाउने एउटै चिन्ताले पिरोलेको छ अहिले पर्शुरामलाई । पेट दुख्ने समस्या भएपछि बिर्तामोड स्थित निलकण्ठ डाइनोष्टिकमा उपचारका लागि आएर जाँच गराउँदा त्यहाँबाट क्यान्सरको आशंका गर्दै चिकित्सकले भरतपुर तथा काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा जान सुझाव दिइएको थियो ।

चिकित्सकको सुझाव अनुसार नै आमालाई काठमाण्डौं लगेका पर्शुरामले एम्स अस्पतालमा आमाको जाँच गराएका थिए । त्यहाँबाट आमा शिवमायालाई आन्द्राको क्यान्सर भएको पुष्टि भयो । त्यस लगत्तै भक्तपुर क्यान्सर अस्पताल लगेका पर्शुरामले गत काक्तिक २६ गते आन्द्रको क्यान्सरको अप्रेशन गराएका थिए । आमाको पेटको अप्रेसन गरेपछि स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताए ।

हालसम्म १० लाख रुपैंयाभन्दा धेरै खर्च भइसकेको भन्दै पर्शुरामले भने आमाभन्दा ठूलो केहि होइन । आमाको उपचारका लागि मैले पढ्न पाइन, भाई अनुपले पनि कक्षा ११ मा पढ्दा पढ्दै पढाई छाड्नुप¥र्यो । हाल काठमाण्डौंमा ज्याला मजदुरी गरेर आफ्नो जीविका चलाउनुका साथै आमाको उपचारका लागि खर्च जोहो गर्ने गरेको बताए । सम्पत्तिको नाममा सानो घर बाहेक केहि नभएको र आमालाई कसरी बचाउने भन्ने चिन्ताले सताउन थालेको पर्शुरामको भनाई छ ।

झापामा बुबा र बहिनी मात्रै रहेको भन्दै पर्शुरामले भने । आर्थिक सहयोग माग्न कहाँ जानु नगरपालिकासंग हारगुराह गर्नु बाहेक केहि नगरेको भन्दै उनले आफ्नी आमालाई बाचाई दिन सबैसंग आग्रह गरेका छन् । सानै उमेरमा आर्थिक भार बेहोर्नु परेको भन्दै पर्शुरामले आफ्नी आमा सम्झेर सहयोग गरिदिन अनुरोध गरे । उनले सहयोग गर्न चहाने महानुभावलाई ९८२४००६३४५ सम्र्पक गरिदिन आग्रह गरे ।

पर्शुराम र अनुपले आमाको उपचार सफल भएर निको भए पुन अध्ययनलाई अघि बढाउने बताए । आफुहरु रहरले नभई बाध्यताले काठमाण्डौंमा ज्याला मजदुरी गर्न बाध्य भएको उल्लेख गरे । विभिन्न रोगीको उपचारका लागि समुह बनाएर सहयोग अभियान सञ्चालन हुने गरेको भन्दै पर्शुरामले आफ्नी आमा बाचार्ई दिन सहयोग अभियान सञ्चालन गरेर आर्थिक सहायता जुटाई दिन आग्रह गरे ।

विश्वभर पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दै गईरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि पछिल्लो समय सरुवा रोग भन्दा नसर्ने रोगका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । नेपालमा मधुमेहपछि क्यान्सरका रोगी धेरै रहेको चिकित्सकहरुले बताएका छन् । खानपान र जीवन शैलीमा ध्यान नदिदँ पछिल्लो समय क्यान्सरका रोगी बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here