टीनएज समूहका युवा वढी कुलतमा फस्दै

0
438

दमक, साउन १९। झापाको दमकमा ‘टीनएज’ समूहका किशोरकिशोरीहरु
लागू औषधको लतमा फस्ने गरेको पाईएको छ । माध्यमिक र उच्च माध्यमिक विद्यालयतहका किशोरकिशोरीहरु लागू औषधको कुलतमा फस्ने गरेको पाईएकोहो । डेढ महिनाको अवधिमा एक दर्जन बढी किशोरकिशोरी तथा युवाहरुलाई इलाका प्रहरी कार्यालय दमकले सुधार गृहमा पठाएको छ भने केहीलाई मुद्धासमेत चलाएको छ ।
विद्यालय समयमा भन्दा एकदेखि दुइ घण्टा अगाडि नै विद्यालय भन्दै घरबाट हिड्ने र विद्यालयको आसपास तथा रतुवा खोलाको बगरमा सामुहिक रुपमा लागू औषधको प्रयोग गर्नेको सख्या बढ्दै गएको जनाईएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन अधिकारीका अनुसार दमकमा ‘टीनएज’ समूहका किशोरकिशोरीहरु तथा युवाहरु लागू औषधको दलदलमा फस्ने क्रम बढेको पाईएकाले यस बिरुद्ध सामाजिक चासो अभिबृद्धि गर्नका लागि प्रहरीले काम शुरु गरेको बताउनुभयो ।
यसले समाजमा अपराध बढाउने र समाजमा प्रत्यक्ष असर पार्ने भएकाले यस बिषयमा सबै गम्भीर हुनुपर्ने उहाँले जनाउनुभयो । प्रहरीले मात्र लागूऔषध प्रयोगकर्ताहरुलाई केहि गर्न नसक्ने जनाउदै समाजमा सचेतना भएमा यसलाई न्युनीकरण गर्न सकिने अधिकारीले बताउनुभयो ।
उच्च घरानाको किशोरकिशोरीदेखि न्युन आर्थिक आय भएका बिपन्न समुदायका सम्म यसको कुलतमा फसेको पाईएको प्रहरीको भनाई रहेकोछ । प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार डेढ महिनामा एक दर्जन बढी किशोरकिशोरी र युवाहरुलाई सुधारगृहमा पठाईएकोछ ।