बुधबारे । 
गत बैशाख २० गते करेन्ट लागेर ज्यान गुमाएका झापा बुद्धशान्ती १ का पदमलाल (तारा) गड्तौलाको परिवारलाई बुधबारे जेसीज र जोइन्ट हेन्ड युथ सोसाइटी बुद्ध शान्तिले थप आर्थिक सहयोग गरेको छ ।
सोमबार दुबै संस्थाका प्रतिनिधिले परिवारलाई १६ हजार रुपैयाँ हस्तान्तरण गरेको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताउनुभयो ।
पहिलो चरणमा १५ हजार सहयोग गरिएकोमा यस पटक स्वदेश तथा बिदेशमा रहनु हुने सहयोगीहरुले गर्नु भएको सहयोग हस्तान्तरण गरिएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सन्जिल प्रसाईले जानकारी दिनुभयो ।
युवा अवस्थामा ज्यान गुमाएका पदमलालको परिवारको आर्थिकअ वस्था अत्यन्त नाजुक रहेको पाएपछि सो परिवारलाई दुबै संस्थाबाट ३१ हजार सहयाेग हस्तान्तरण गरिएको दुबै संस्थामा आवद्ध अनिल वाग्लेले बताउनुभयो ।































