अनलाइन मार्फत नेपाल शिक्षक संघको स्थापना दिवस सम्पन्न

३० बैशाख २०७७, मंगलवार मा प्रकाशित

बाहुण्डाँगी।

नेपाल शिक्षक संघको ३१ औँ स्थापना दिवसको अवसर पारेर नेपाल शिक्षक संघ झापाले नलाइन मार्फत शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरसका कारण सबै लकडाउनमा भएका कारण शिक्षक संघले अनलाइन मार्फत संघको स्थापना दिवस मनाएको हो । साथै संघले अहिलेकौ शैक्षिक अवस्था, शिक्षक संघको भूमिका, तथा आगामी योजनाका विषयमा समेत छलफल गरेको थियो ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलको सभापतित्व तथा नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्मा, नेपाल शिक्षक महासंघका निर्वमान अध्यक्ष तथा महासंघका संस्थापक अध्यक्ष केशव निरौला, महासचिव लक्ष्मी किशोर सुवेदी शिक्षक संघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाई, संस्थापक सदस्य कैलाश राई, प्रदेश नम्बर १ का बष्ठि उपाध्यक्ष तिलक पाण्डे, नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष पूर्णप्रसाद गौतम, नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेल शिक्षक संघ शिवसताक्षी नगरका अध्यक्ष विष्णु सुब्बा, प्रदेश नम्बर १ का उपमहासचिव चित्रकला ओली, महासंघ जिल्ला उपाध्यक्ष बद्री कार्की, जिल्ला अध्यक्ष नेत्र गौतमलगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक संघको जिल्ला सचिव योगेन्द्र भट्टराईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here