झापा सहित भारतले यी ठाउँमा गरेको छ, नेपाली भूमि अतिक्रमण

0
1529

काठमाडौं।

नेपाल–भारत सीमा विवादको शृंखला नौलो होइन । सीमाविद्हरुले भारतले नेपालको ६० हजार ६०० हेक्टर जमिन मिचेको जिकिर गरिरहेका छन् । सरकारले भने के–कति नेपाली भूमि अतिक्रमण भयो भनेर आधिकारिक तथ्यांक नै नरहेको बताउँछ ।

नेपाल–भारत सीमाको अवस्था अध्ययन गर्न बनेको संयुक्त सीमा अध्ययन समितिले निर्धारित् समयमा अध्ययन सम्पन्न गर्न नसक्दा अतिक्रमित जमिनको आधिकारिक तथ्यांक आउन नसकेको हो ।

सन् २०१५ मा बनेको संयुक्त सीमा कार्यदलले सीमा अवस्थाकोबारे अध्ययन गरिरहेको छ । समितिले सन् २०१९ मै प्रतिवेदन बुझाउनुपर्ने भएपनि अझै अध्ययन जारी राखेको छ ।

यही कारण सरकारले सीमा अतिक्रमणसम्बन्धी यकिन तथ्यांक सार्वजनिक गरेको छैन । तर, सीमाविद्हरुले बारम्बार नेपालको ६० हजार हेक्टरभन्दा बढी भू–भाग अतिक्रमण भएको दाबी दोहोर्‍याइरहेका छन् ।

कञ्चनपुरका नौ, झापाका आठ, सप्तरीका सात, पर्साका पाँच, ताप्लेजुङ र बर्दियाका चार/चार, इलाम, मोरङ, सुनसरी र कैलालीका तीन/तीन, पाँचथर, चितवन, रूपन्देही, बाँके, सिरहा, महोत्तरी, सर्लाही र बाराका दुई/दुई स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरेको सीमाविद्हरु बताउँछन् ।

दार्चुला, दाङ, कपिलवस्तु, नवलपरासी र रौतहटका एक/एक स्थानमा सीमा मिचिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठ दाबी गर्छन् । भारतले नेपाली भूमि बारम्बार अतिक्रमण गरेको छ । सन् २०१९ मा नेपाली भूमि आफ्नो रहेको दाबी गर्दै भारतले राजनीतिक नक्सा नै सार्वजनिक गरेको थियो ।

कालापानी र लिपुलेकदेखि नेपाल–भारतको ७१ स्थानमा सीमा विवाद रहेको दाबी सीमाविद्हरुले गरिरहँदा सरकारले सीमा अतिक्रमणको तथ्यांक नै नराख्नु विडम्बनाको कुरा हो ।-रोमन आचार्य,इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here