मलाई कोरोना लागेको छ भनेपछि…

0
2364

बिर्तामोड ।

झापाको बिर्तामोडमा बुधबार एक अपरिचित ब्यक्तिले आफुलाई कोरोना लगेको भन्दै उफ्रिए । आफू भारतबाट भागेर आएको र क्वारेन्टाइनमा राम्रोसंग खान बस्न नदिएको भन्दै उनी बिर्तामोडमा चिच्याए पछि प्रहरीले उनलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

इलाका प्रहरी कार्यालय अनरमनीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल आफैं आएर उनलाई सोधीखोजी गर्दा उनले आफु कोरोना संक्रमित भएको बताए । लगत्तै प्रहरी बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई जानकारी गराएर उनको उद्धार गरेको डीएसपी रिजालले बताए ।

उनले भने–अपरीचित ब्यक्तिले कोरोना लागेको भन्दै उफ्रिए पछि सबैलाई त्रसित बनाए । उनको वास्तविता पत्ता लगाउन सकिएन् व्यवहार हेर्दा मानसिक सन्तुलन गुमेको हुन सक्ने सबैले अनुमान गर्न सकिन्थ्यो ।

उनलाई हाल मेची अस्पताल भद्रपुरमा राखिएको बताइएको छ । उनको स्वाव परिक्षण गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here