विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको घर पूर्ण रुपमा जलेर नष्ट

0
2742

झापा,

विद्युत सर्ट भएर आगलागी हुँदा झापाको बिर्तामोडमा एक व्यक्तिको घर आज विहान जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार बिर्तामोड नगरपालिका – १ स्थित देवेन्द्र भुजेलको घरमा आगलागी भएको हो । आगलागीका कारण घरमा भएको सबै सामग्री जलेर पूर्णरुपमा नष्ट भएको छ ।
विद्युत सर्ट भएर घरमा आगलागी भएसंगै सिलिन्डर पड्किएको स्थानीयले बताएका छन् । विर्तामोड नगरपाकिलाको वरुणयन्त्र, स्थानीयवासी र प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन् । घरमा कोही पनि नभएकाले आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here