लकडाउनकै समयमा प्रधानमन्त्री केपी ओेली कै गृह जिल्लामा सरकारको विरोध

0
1042

पूर्वीनाकामा युवा विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा युवा र विद्यार्थीहरुको प्रदर्शनमा विहिबार काँकरभिटटामा प्रहरीले हस्तक्षेप गरेको छ ।

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विद्यार्थीहरुको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन को ५५ औँ र युवाहरुको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ३० औं स्थापना दिवसको अवसर पाररेर संयुक्तरुपमा मेचीनगगरमा विरोध प्रदर्शन आयोजना गरेका थिए ।

अखिलका झापा जिल्ला सहसंयोजक दुर्गा धमलाको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालका पदाधिकारीसहित हाम्रो भूमि प्राणभन्दा प्यारो छ , भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लेखिएका पर्चा पम्प्लेट बोकेर चर्का नारावाजी गदैं अघि बढेको थियो । मेचीनगर—६ काँकरभिट्टा लक्ष्मीनारायण मन्दिर परिसरमा कोण सभा गर्ने योजना भए पनि प्रहरी हस्तक्षेप गरेपछि बसपार्क परिसरमा कोणसभा गरेको सहसंयोजक धमलाले जानकारी दिनुभयो ।

‘हामी शान्तिपुर्णरुपमा अघि नारावाजी गदैं अघि बढिरहेका थियौ ’सहसंयोजक धमलाले भन्नुभयो —‘ हाम्रो आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि हामीले योेजना अनुसार कार्यक्रम गर्न पाएनौ र जवरजस्त बसपार्कमा पुगेर कार्यक्रम सम्पन्न गर्न बाँध्य भयौं ।’उहाँले नेपाली भूमि फिर्ता नभइञ्जेलसम्म आन्दोलन कुनै हालतमा नरोकिने स्पष्ट पादैं युवा विद्यार्थीको जायज आन्दोलनमा मातृभूमिको रक्षाका लागि सरिक हुन सवैमा आग्रह समेत गर्नुभयो ।

नेपाल भारतलाई जोड्ने मेचीपुलमा वृहद प्रदर्शन गर्ने योजनासहित अघि बढेको युवा विद्यार्थीहरुको संयुक्त र्यालीलाई काँकरभिट्टामा ठुलो संख्यामा रहेका नेपाल र सशस्त्र प्रहरीले अघि नबढ्न भन्दैं रोकेको थियो । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर कार्यक्रम गर्न रोक लगाएको भन्दैंं र्यालीमा सहभागीहरुले सरकारको आलोचना गरेका थिए ।

प्रहरीले पटक पटक प्रदर्शनकारीलाई अघि नबढ्न भन्दैं माइकिङ गरेपनि युवा विद्याथीहरुले अघि बढ्न जोड गरेकै कारण दुईपक्षबीच केहिबेर ठेलामठेल समेत भयो । युवा विद्यार्थीको प्रदर्शन हुने हल्लासँगै काँकरभिट्टामा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, प्रहरी निरीक्षकसहित उच्च अधिकृत र सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ थियो । प्रदर्शनकारीलाई प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल लकडाउनका बखत यस्तो कार्यक्रम गर्न नपाईने भन्दैं सम्झाई बुझाई गर्नुभएको थियो ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित दार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुञ्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरे लगत्तै यसको सर्वत्र विरोध भइरहेका बखत पूर्वीनाकाबाट समेत युवा विद्यार्थीले विरोध प्रदर्शन गदैं खवरदारी गर्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको सहसंयोेजक धमलाले बताउनुभयो ।

प्रदर्शनकारीहरुले हाम्रो भूमि प्राणभन्दा प्यारो छ , भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लेखिएका पर्चा पम्प्लेट बोकेर सरकार विरुद्घ चर्का नारावाजी गरेका थिए ।

प्रदर्शनमा अखिलका झापा जिल्ला सह सयोजक धमला, अखिलका मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमला, सदस्य विनोद रिमाल, वीरु मेच विद्यार्थी नेताहरु हरि भट्टराई, राष्ट्रिय युवा संघ नेपालका सरोज मेहरालगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here