लकडाउन थप कडाइ

0
1315

सुर्खेत,

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गर्ने नागरिक तथा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

गत चैत ११ देखि वैशाख ३१ गतेसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार २८२ नागरिक र ६५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ४०२ सवारी साधन ट्राफिक कारवाही गरेर छाडिएको २४९ प्रहरी नियन्त्रणमै रहेको सो कार्यलयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका सवारीमा ५४६ मोटरसाइकल, ८१ चारपाङ्ग्रे र २४ अटो रहेको सूचना अधिकारी रायमाझीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले नागरिकलाई कारवाहीस्वरुप तीन घण्टासम्म सडकमै उभ्याउने, चोकमा राखेर कोरोना भाइरस र त्यसको विश्वव्यापी प्रकोपबारे जानकारी दिलाउनेसहित आत्मअनुशासित नागरिक हुन सिकाएको थियो । आजबाट पनि लकडाउन कडाइ गरिने कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here