कतारमा मास्क नलगाउनेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल

0
1111

एजेन्सी ।

कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ।

कतारको मन्त्रिपरिषद बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घरबाहिर जुनसुकै कामले निस्कँदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो।

मास्क प्रयोग नगरेमा कानुनअनुसार तीन वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने निर्णयमा उल्लेख गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।

कतार सरकारको यो नियम पालना गर्न कतारमा कार्यरत सबै नेपालीलाई अनुरोध गरेको छ। कतारले यसअघि निश्चित क्षेत्रमा मात्र अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको थियो।

कतारमा कोरोना भाइरस संक्रमणमा ह्वातै बढेको छ। बिहीबार मात्रै कतारमा १ हजार ७ सय ३३ नयाँ संक्रमण पुष्टि भएको छ। यो संख्या कतारमा एकै दिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो।

बिहीबार थप २ सय ७३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने योसँगै उपचारपछि निको हुनेको सङ्ख्या ३ हजार ३ सय ५६ पुगेको छ।

कतारमा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ। अहिलेसम्म कतारमा २८ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here