निवृत्त राष्ट्रसेवकद्धारा भद्रपुरको कोषमा ५० हजार ३३०


२ जेष्ठ २०७७, शुक्रबार १५:४२ मा प्रकाशित

भद्रपुर ।

Advertisement

निवृत्त राष्ट्रसेवक समाज नगर कार्य समितिले भद्रपुर नगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेका छन् ।

लगातारको लकडाउनका कारण नगर क्षेत्रका विपन्न समुदायलाई राहत वितरण कार्यलाई सहयोग पुगोस भन्ने उदेश्यले समाजले भद्रपुर नगरपालिकाको कोषलाई ५० हजार ३३० रुपैयाँ सहयोग गरेका हुन् ।

भद्रपुर ८ सगरमाथा चोक स्थित समाजको कार्यालयमा शुक्रबार विहान आयोजित एक संक्षिप्त कार्यक्रमका बीच समाजका अध्यक्ष मुत्तिनाथ दाहालले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई सो रकम बराबरको चेक र नगद हस्तान्तरण गरेका हुन् । साथै तीन जना आश्रीत पेन्सनरत परिवारलाई जनही नगद ५÷५ हजारका दरले १५ हजार रुपैयाँ वितरण गरिएको थियो ।

नगद हस्तान्तरण पश्चात मेयर श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउन कार्यान्वयनको पुर्णरुपमा पालना गर्न, गराउन सम्पूर्ण नगरबासी एकजुट हुनु पर्नेमा बताए । नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुको लागि केहि किटको आबश्यक भएकोले सरकारसंग किटको माग भईरहेको उनको भनाई छ ।

समाजका अध्यक्ष दाहालको अध्यक्षता तथा सचिव सरोजकुमार कार्कीको सञ्चालन गरेको कार्यक्रममा उपमेयर चन्द्रामाया श्रेष्ठ, ७ नम्बर वडा अध्यक्ष विनोदप्रसाद पोखरेल, मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख चिन्तामणी दाहाल, समाजका झापा जिल्ला कमिटि संयोजक धनप्रसाद सिवाकोटी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्