सुरेन्द्र भण्डारी
झापा,
‘एक थुकी सुकी सय थुकी नदी’ भने झैं झापा चारपानेका महेन्द्रकुमार गिरीले विपद्को यो क्षणमा शुरु गरेको ‘एकका लागि एक अभियान’ अहिले झापामा लोकप्रिय बनेको छ ।
बिश्वब्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइसर कोभिड – १९ को संक्रमणका कारण लामो समयदेखि मुलुक बन्दाबन्दी भएसंगै विपन्न समुदायका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले एक महिनादेखि शरु गरेको अभियान अन्तरगत हुने खाने एक परिवारले नहुने विपन्न एक परिवारलाई सहयोग पु¥याउने अभियान लोकप्रिय बनेको हो । सामाजिक सञ्जाल फेसबुक मार्फत गिरीले अभियानको घोषणा गर्नुभएको थियो । गिरीले अभियानको घोषणा गरेसंगै अहिलेसम्म एक हजार जना यो अभियानमा जोडिएका छन् ।
अभियानका विषयमा जानकारी गराउँदै सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी ।





























