कोरोनाबाट मानवीय क्षति भएकोमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

0
975

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट नेपालमा मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेका छन्।

कोरोना संक्रमणबाट मानवीय क्षति हुन नदिन सरकारले प्रयास गरिरँहदा पनि सिन्धुपाल्चोकमा एक सुत्केरीको मृत्यु भएको भन्दै घटना प्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्। ओलीले कोरोनाबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन्।

उनले आइतबार ट्विट गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताए। उनले मृतक प्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here