गरामनीमा एक व्यक्ति मृत फेला

0
390

विर्तामोड, साउन २० । झापाको गरामनीमा आज एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर कुरुङ्वाङ – २ घर भएको अपाङ्गताको परिचय पत्र वोकेका अन्दाजी ६० वर्षीय सन्तवहादुर लावती मृत फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी रविन्द्र केशीले जानकारी दिए । उनी गरामनीको सामुदायिक वन क्षेत्रमा मृत भेटिएको वताइएको छ ।