फेरि तार चोरियो

0
412

लक्ष्मीपुर , साउन २० । पूर्व– पश्चिम राजमार्गको चारपाने खण्डमा शनिबार राती टेलिफोनको तार चोरी भएपछि एकसय बढी टेलिफोन लाइन अवरुद्ध भएका छन् ।
गतवर्षको बैशाखमा तार चोरीएको सोही स्थानमा ६ महिना पछि नेपाल टेलिकमले एक सय पचास लाइन क्षमताको केवल जडान गरी सेवा संचालन गरेको थियो । पुनः यसपटक पनि तीनसय पच्चिस मिटर तार चोरी भएपछि टेलिफोन सेवा बन्द भएको हो । तार चोरी भएपछि सामाजिक सघंसस्था , वित्तिय संस्था , व्यावसायिक प्रतिष्ठान , प्रेस संचारमाध्यम लगायत व्यक्तिगत प्रयोजनका सबै क्षेत्रमा असर पुगेको छ । तार चोरीको संकेत गर्ने साइरन जडान गरिएको भएपनि प्रविधिक कारणले त्यसले काम नगरेपछि चोरीको जानकारी तत्कालै नभएको नेपाल टेलिकम विर्तामोडले जनाएको छ ।
एकसय पचास लाइन क्षमताको केवुल तत्कालै उपलब्ध हुन कठिन हुने भएपनि आफूले यथासक्य प्रयास गरी तुरुन्तै टेलिफोन जडान गरिने नेपाल टेलिकमका कार्यालय प्रमुख रविन्द्र थापाले जानकारी दिए । प्रमुख थापाले तार चोरी नियन्त्रणका लागी अन्य एक दुई स्थानमा थप साइरन जडान गरिने समेत वताए । उनले थप क्षतिलाई रोक्न आजैका दिन बाट सुरक्षा निकायसँग समन्वय गरि गस्तिको व्यवस्थालाई समेत कडा गरिएको जानकारी दिए ।