चौकी भवन निर्माणको कार्य अन्तिम चरणमा

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

युद्धबहादुर बोहोरा/ पाँचथर।

जिल्लाको फाल्गुनन्द गाँउपालिका-५,घुर्बिसे पञ्चमीमा निर्माणाधिन प्रहरी चौकी फाक्तेपको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारबाट उपलब्ध एक करोड २५ लाख ४२ हजार दुई सय ४६ रुपैया लागतमा गत वर्ष असोज महिनाबाट तीन रोपनी क्षेत्र भित्र निर्माण सम्पन्न गर्ने गरि जिआरडि प्रालिले ठेक्का लिएको हो ।

दुई तला आधाको ११ कोठे भवनको हाल सम्म करवि ७० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि द्वय सारानाथ पोख्रेल र टिका बोहोराले जानकारी दिए ।

उनहिरुले भने,यो हप्तामा माथिल्लो भागको ढलान गर्ने तयारीमा छौं ।अन्य भागमा प्लाष्टर,पाइप लाइन,विधुत तथा झ्याल ढोकाको केही काम हुँदैछ । यहि जेष्ठ ११ गते काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौतामा गरेको भएता पनि विश्व महामारी संगै नेपालमा पनि बन्दाबन्दीले सामाग्री ढुवानी कठिन हुँदा निरन्तर काम गर्न असहज भएको छ ।

दिनदिनै प्रकोपको अवस्था जटिल भएकोले सम्झौताको समय अवधि समाप्त पछि सरोकारवाला निकाय संग समन्वय गरि ५२ दिन म्याद थपिएको उनीहरुकोे भनाइ छ ।

यस अघि छिमेकी जिल्ला इलामका केही वडाका कार्यालय भवन र स्वास्थ्य चौकी भवन लगाय अन्य थुप्रेै आयोजनाहरु समयमै सम्पन्न गरि जिम्मा लगाएको निर्माण कम्पनीले दावी गरेको छ ।

यस ठाँउको प्रहरी चौकी लामो समय देखि भाडामा रहेको र कार्यालयका हरेक काममा कठिन भएको स्थानीय आवश्यकता र गुनासोलाई सम्बोधन गर्दै एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्वोले आफ्नो गृह जिल्लामा अफिस,ब्यारेक,शौचालय र सकपिट सहित चौकी भवन निर्माण गर्न बजेट उपलब्ध गराएको स्थानीय विरनरसिं चेम्जोङ्गले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here