बिर्तामोड ।

कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ।
सरकारले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्द गरेसँगै उच्चस्तरीय समितिले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । सोहीबमोजिम अनुगमन समितिले झापामा लकडाउन थप कडाइ गर्न विभिन्न बुँदामा निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा भएको बैठकले लकडाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकाल्दै अब खाद्यान्न पसल नियमित खोल्न नपाउने निर्णय गरेको छ। बैठकले जिल्लामा पसल सञ्चालनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको बताइएको छ ।
उनका अनुसार बिहान ८ देखि दिउँसो १२ बजेसम्म पसलहरू खोल्ने निर्णय यथावत् राखिएको छ। तर, अबदेखि जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैरखाद्यान्न पसल खोल्न पाइने भएको छ। यो प्रणाली भने कृषिजन्य र औषधिमा लागु हुने छैन। ती पसलहरू दैनिक चार घण्टा नियमित सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी रानाले बताए ।
जिल्लाका १५ वटै स्थानीय तहमा रहेका बैक तथा वित्तीय संस्था आधा आधा गरी दिन बिराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय भएको छ। नदीजन्य पदार्थ ढुवानी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म गर्न पाउने, त्यसका लागि स्थानीय तहको सिफारिसमा हुने निर्णय गरिएको छ।
जिल्लाभित्र खाद्यान्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानी गर्दा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ। सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको बताइएको छ ।






























राम्रै हो!
राम्रै हो!