मिक्वाखोला गाउँपालिकाको सेवा लिन सदरमुकाम

0
1340

दिलकुमार लिम्बू,

ताप्लेजुङ,

ताप्लेजुङको सदरमुकाम फुङलिङमा सोम लिम्बू निकै हतारिन्तै फाईलमा काजजातहरु मिलाउँदै थिए । झट् हेर्दा कुनै सरकारी तथा कुनै संस्थामा राजेगारीको आवेदन दिन हतारिएको जस्तो देखिन्थो । तर, लिम्बू कुनै पनि रोजकारीका लागि आवेदन दिन हिडेको चै होइनन् उनी त योजनाको रकम निकासा गर्न मिक्वाखोला गाउँपालिकाको सम्र्पक कार्यालय पुङलिङ नगरपालिका ७ नम्बर वडामा रहेको कार्यालयमा गएका हुन् ।


सदरमुकाम आएको तीन दिन भईसको थियो । आज पनि काम नहोलाकी भन्ने चिन्तामा थिए उनी । उनी होटलमै बास बसेको र उनका आफन्तहरु पनि बजारमा बस्छन । तर, लिम्बूको मनले आफन्ताको कोठामा गएर बस्न मन मान्दैन् । यस्तो लकडाउँको समयमा बजारमा निकै खान लाउँनको समस्या हुन्छ भन्ने मनले लिम्बू आफन्तकोमा नगएर होटलमै बास बसेका हुन् ।

मिक्वाखोला गाउँपालिकाको संम्र्पक कार्यालय रहरेको फुङलिङ नगरपलिका ७ नम्बर वडा पुगेर हतार—हतारमा कार्यलयमा भौतारिदै योजना शाखामा प्रवेश गर्नछ त्यहाँ काम सके पछि कार्यकारी अधिकृत कहाँ पुग्छन् त्यहाँबाट काम सम्पन्न् भएपछि लेखा शाखामा पुकेर तीन लाखको चेक लिएर निकै हातारिदै चेक बोकेर लामो—लामो पाईला चाल्दैं आगाडि बढ्छन् । उनलाई चेक साटेर घर पुक्नु पुग्नु थियो । लिम्बूको घर पुग्न ५ घण्डा हिड्नु पर्छ । लिम्बूको मनले चेक साट्न साटिन्दैन होला भन्ने मनले सताई रहयो । समय २ः३० भैसकेको थियो । लकडानको कारणले बैकहरु कतिखेर खुल्छन् कतिखेर बन्द हुन्छन् टुङ्गो थिएन ।
फुङलिङ नगरपालिका ४ मा रहेको सेन्चुरी बैंकबाट चेक साटेर आफनो गाउँपालिका मिक्वाखाला गाउँपालिका २ खोक्लिङ गाउँतिर लाग्छ ।
सोम मात्र होइन आधिकाङस मिक्वाखोला गाउँपालिका बासिन्दाहरु आफनो पालिकाको योजना समझौत,रकम निकासा, सिफारीस जस्ता विभिन्न कामका लागि ताप्लेजुङको सदरमुकाम पुग्नै पर्ने बाध्यता खेपीरहेको छ मिक्वाखोला गाउँपालिकाका बासिन्दाहरुले ।

गाउँ—गाउँमा सिहदरवार, घर दाइलोमा जनसमुदायको सेवा गर्ने उद्देश्यले संघीय संमरचा आनुसार ताप्लेजुङ जिल्लामा नै वटा संबैधानिक अधिकार सम्पन् स्थानीय सरकार छन् । एक नगरपालिका र आठ वटा गाउँपालिका छ । अरु सवै आफनै भवन नभए पनि आफनै पालिको केन्द्रबाट कार्य सम्पादन भैरहेको छ । आफनै केन्द्रबाट कार्य सम्पादन भइरहेको केन्द्रमाहरुमा बैंकहरुको शाखा पुगिसकेको छ । आर्थिक कारोकार गर्न सुदरमुका धाउन बाध्यता हटेको छ । तर मिक्वाखोला गाउँपालिका केन्द्र थल्लङ हो अरु पालिकाको जस्तो अहिले सम्म भएको छैन् । यस पालिकाको केन्द्र थलङबाट कार्य सम्पादन हुदैन्, सदरमुकाम नै पुक्नु पर्छ । वित्तिय बहुँज पुर्याउनको लागि नेपाल राष्ट्रिय बैंकले सेंचुरी बैकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गर्न परिपत्र जारिगरेको थियो तर अहिले सम्म स्थानीय निर्वाचन समपन्न् भएर जनप्रतिनिधिले कार्य भार सम्मालेको पनि तीन वर्ष पुरा भैसेके छ ।

 

तीन वर्ष भए पनि आफनै पालिकाको केन्द्र बाट कार्य समपानद गर्न सग्यो त ? नत बैंकले पालिका केन्द्रमा आफनो शाखा स्थान गर्याे ? यो दुबै अहिले ताप्लेजुङको सदरमुकाम बाटै संञ्चान भैरहेको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पैदल यात्रामा करिब ७ घण्डा लाग्छ थलङ पुग्न, तर अहिले यस पालिका केन्द्रमा अहिले सडक सञ्जालले जोडेको छ । आवश्यक भौतिक संरचनार पनि भैरहेको छ तर पनि केहि सेवालिन सदरमुकामै जानु पर्नेमा स्थानीय जानप्रतिनिधिहरुको समन्वयको कामजोरी भाएको मिक्वाखोला गाउँपालिकाका नेपाल कमनिष्ट पार्टी (नेकपा)पालिका इन्र्चाज चन्द्रकला गुरुले बताए । गाउँ—गाउँमा जनसमुदायको सेवा दिनको लागि देश संघीय प्रणालीमा गएकोले सवै सेवा सुविधा गाउँमै उपभोग गर्न पाउँनु पर्नेमा कतिपय सेवा सुविधालिन अझै पनि सदरमुकाम थाउँनु पर्ने बाध्यता प्रति आफुलाई समेत दुःख लागेको गुरुङ बताउँनु भयो । आफनै केन्द्र देखि सेवा संञ्चालन गर्न जनप्रतिनिधि तथा सरोकारलहरुसंग आफुलाई सक्दो समन्वय समेत गर्ने गुरुङले बताए ।

 

भौतिक तथा शुरक्षाको समस्याले गर्दा समयमै बैंकले आफनो कार्यालय स्थापना गर्न नसकेको र अहिले शाखा स्थापनाको लागि आवश्यक समंरचनाहरु पुरा भइसकेको तर लकडाउँन खुल्ला भएपछि थलङ देखिनै आर्थिक कारोबार गर्ने सेन्चुरी बैक जिल्ला शाखा तापलेजुङका प्रवन्धक जिवन अधिकारीले बताउँनुभयो । शुरक्षाको लागि प्रहरी चौकीको लागि जाग्गा रजेष्टेशन भइसकेको र भवन पनि छिटै बनउँने र भवन बनिन्जेल सम्म घर भाडामा लिएर शुरक्षाको व्यवस्था गर्ने मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले बताउँन भयो । भौतिक संरचना तथा शुरक्षाको असहजताले गर्दा सदरमुकाम फुङलिङमा संम्पर्क कार्यालय राखेरा जनसमुदायलाई सेवा दिन बाध्य भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवाले बताउँनभयो । अहिले विकास निमार्ण कार्य तथा योजनाको रकम भुकक्तानी दिने काम भइरहेको र यस आर्थिक वर्ष सकिन लगातै मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङबाट सेवा संञ्चालन गर्ने अध्यक्ष साँवाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here