दिपेन्द्र राउत,
कसलाई के को धन्दाकसलाई के को धन्दा घरज्वाईलाई खानको धन्दा भन्ने नेपालीउखानसंगै विश्वमा फैलिएको महामारी र हाम्रो देशमा समेत फैलिएको कोरोनाकोभिड १९को त्रास भित्रपनि यो माथिका भनाईलाई चरितार्थ गरि रहेका छन् । देश लकडाउनमा छ तर यसै लकडाउन भित्रविभिन्न खिचडी पकाउनेको कमी छैन यहां । खिचडी पकाउनेलाई यो लकडाउनले, लकडाउन गर्न सक्दैन । कोरोनाले छुन सक्दैन । कुनै डर पनि छैन । त्रास पनि छैन बरु यसलाई अवसरको रुपमा लिएका छन्। यस देशका प्रधानमन्त्रिले । राजनीतिकदलले ।केही सरकारी निकायले । केहीव्यापारीले भने अरु पनिकोहि छन् भने समयले बताउने छ । राष्ट्र प्रमुखहरुकोरोनाबाट कसरी बांच्ने भन्ने उपायखोजी रहेका छन् भने हाम्रा प्रधानमन्त्रि कसरी आफ्नो कुर्सी बचाउने भन्ने विषयमा लागि रहेका छन् ।
कसैलाई प्रधानमन्त्रि बनाउछु त कसैलाई पार्टि अध्यक्ष बनाउंछु भनि रहेका छन् । उनिहरुलाई बाधकभएको छ त केवलकोरोना । कसैलाई यो कोरोना ले गर्दा प्रधानमन्त्रिको कुर्सी पाउन ढिला भयो भन्ने लागेको होला त कसैलाई पार्टि अध्यक्षबन्न ढिला भयो भन्ने लाग्याहोला ।कतिलाईमुख्यमन्त्रिबन्न ढिला भयो होला ।कतिलाई यो कोरोनाले गर्दा दिनदुई गुना रात चौगुना भएको होला तर आम नेपाली जनता मुकदर्शक बनेका छन् । रोग र भोक संग लड्न बाध्य भएका छन् । पार्टीका कार्यकर्ता टोल छिमेकमा मुखै देखाउन नसकिने भयो भन्न थालेका छन् । यो लकडाउनमा कसैलाई के को धन्दा कसैलाई के को धन्दा । आ–आफ्नो धन्धाचलेकै छ । जनता घरबाट बाहिर निक्लन पनि सक्दैन् । बाहिर कोरोनाको डर भित्र भोकको कहर । आ–आफ्नो कथा,बेथाबोकेर लगडाउन चलिरहेको छ । लकडाउनले कसैलाई हाई हाई बनाएको छ भने कसैलाई बाइबाई बनाएको छ । कहीनभएको जात्रा हाडी गांउमाभने झै यो महामारीको विचमायहि देशमाविभिन्न घटना परिघटना हुने गर्दछ । विश्वमा संक्रमणको त्रास संगै हाम्रो देशमा अतिक्रमणको त्रास बढेको छ ।कोरोना संग लडन्् सके पनि छिमेकी देश संग लड्न गाह्रो हुने प्रतिक्रिया पनि व्यापक छ ।
यही कोरोनालाई अवसरमा परिणत गदै छिमेकी देशले नेपालीभुमिमा अतिक्रमण गरो भन्ने चर्चा शुरु भएको छ । भने अर्को तिर ‘देशको मेरुदण्ड ’भन्दै हरेक मिनेट हाम्रो रेडियो,टेलिभिजनमा बज्ने विज्ञापन जगदम्बा ग्रुपका मालिक नेपालका सम्पन्न उद्योगपति एक झट्कामा लगभग २४ करोड जतिकमाउने दाउमा रहेका जगदम्बा गु्रपका संचालक सुलभअग्रवाल चर्चामा छन् । सपना त राम्रो बुनेकाथिए । हातो हातको कमाई न उधारो न कुनै झन्झट विना । उनको सपना जब चैत्र २५ गते रंगेहात पक्राउ परे तब उनका सात पुस्ताले पनि नविर्सने गरि उनका कालोदिन शुरु भएको थियो । एउटा व्यापारीको उदेश्य पैसा कमाउनु हुन्छ तर पैसा कमाई रहदा निश्चित नाफा खानु पर्ने नेपालको काननु रहेको हुदा उनलाई पुलिसले कालोबजारी आरोपमा व्यवसायी सुलभ अग्रवाल जिल्ला अदालतबाट छुटेसंगै पुनस् पक्राउ परेका छन् । ज्वरो नाप्ने थर्मल गन लोबजारी गरेको आरोपमा पक्राउ परेकाअग्रवालको काठमाण्डौ जिल्लाअदालतमा बाट सुनुवाई भएको थियो । व्यवसायी अग्रवाल ५ हजार रुपैया पर्ने थर्मल गन १५ हजार रुपैयामा बेच्नखोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत्र २५ गेत नक्सालबाट सप्रमाण पक्राउ गरेको थियो ।
देशका यति ठुला व्यापारी जसको राजनीतिक पहुच कति थियो होला तर यो कामप्रति नेपालप्रहरी सम्मानको लायक बनेको छ । एउटा अपराधीलाई कसरी कारबाहीगर्नु पर्छ भनेर नेपालप्रहरीले प्रमाणीत गरेको छ । देशमा यसरी नै अपराधीलाई कारबाही गर्नु पर्छ । कानुनले साना ठुला भन्नु हुदैन अनि राजनीतिक पार्टीले पनि संरक्षण गर्नु हुदैन । कोरोनाको कहर संगै देशमा चलेको अर्को कहर सुलभ अग्रवाललाई छुटाउनु रहेको थियो । जसरी कोरोनाको नियन्त्रणमा विश्वका शक्तिशाली राष्ट्र गलेका छन् सोहीअनुरुप सुलभ अग्रवालकाण्ड भएको छ । करिव २५ दिन पछि धरौटीमा छुटन लागेका साहिल धरौटी बुझाएर छुटेर बाहिर निक्लनै लाग्दा फेरी प्रहरीले सम्पत्ति शुद्घिकरण सम्वन्धी विषयमा पनि अनुशन्धान गर्नुपर्ने भएकाले गर्दा फेरी पक्राउ गरि थुनामा लगेको छन् । उनलाई लिनआधादर्जन गाडिहरु तैनाथ थिए । बाहिर उनकाबुबा , उनकाभाई लगायत आफन्तको ठुलो जमातव्यग्र प्रतिक्षामा थिए तर विडम्वना सुलभ बाहिर निस्कनपुर्व फेरी समातिए । परिवारमा कस्तो विपत्ति परेको होला । परिवार ,आफन्तको मनमा के होला । सन्तानको त्यो दशा देख्दा बाबुको मन कति रोयो होला । दाजुलाई प्रहरीले कठालोमा समाएर लगि रहदा भाईको मनमा कस्तो भयो होला । मानिसको मन हो आफन्तको भावनाहो कति दुख्यो होला । परिवारलाईलाग्न सक्छ के नै अपराध गरे र भन्ने पनि तर आखिर उनले गरेको कर्म गलत थियो ।
कानुनको उल्लङघन थियो ।कानुनविपरित थियो ।देशआजमहामारीको भुमरीमापिल्सनलाग्दामौकाको फाईदा उनीलिदै थिए । रोग संगको लडने हतियारमाउनीकालो बजारी गरि रहेकाथिए । मानिस यो सामाननपाएर भौतारि रहेकाथिए । सुलभअग्रवालआज दण्डित बनी रहदा यस्ता कर्यौ सुलभअग्रवाल होलान जो आजपनि यस्ता कयौ धन्दागरि रहेकाहोलान् । उनीपो आज पक्राउ परे यो भन्दा अघि पनिकति यस्ताकाम गरे होला । उनैको आफन्त परिवारबाट यस्ता कामसिके होला । मानिसले धेरै कुरा परिवारबाट सिक्ने भएको हुदाउनको संस्कार नै त्यसरी नै भएको थियो कि!मानिसले कर्मको फल यही जुनीमा पाईन्छ । आज सुलभअग्रवालले कर्मको फलभोगिका छन् । गलतगर्ने मानिसहरुले कमाएको सम्पत्तिले क्षणिक सुख त पाउलान् । ठुला ठुलामहल त बनाउलान् तर मन माशान्तिहुदैन । महंगा गाडिको सवार गर्लान तर मनमा डरले बास गरि रहन्छ । साथीभाई आफन्तको साथ सहयोग रहदैन् । मानिसले सबैलाई ढांटन सक्छ तर आफुले आफुलाई ढांटन सक्दैन । पैसा, पावर र पदले पनि त्यस बेला काम गर्दैन । सुखमा साथदिने साथीभाईले पनि त्यो अवस्थामा साथ दिदैनन् ।
नचिने झै गर्छन् । पुलिस प्रसाशनअन्जान बन्छ । उनलाई सम्पत्तिकमिभएर त्यो कार्य गरेकाथिएनन् । सम्पत्तिको भोकले त्यो कार्य गरेकाथिए । मानिसले भोकलाई पहिचान गर्न सक्नु पर्छ । खालि पेटको भोक हो कि भरि पेटको रोग हो हामीले भोकको रोगलाई पहिचानगर्न सक्नु पर्छ । पद , प्रतिष्ठा र पैसा जीवनमा कमाउन धेरै गाह्रो छ तर सुलभअग्रवालले ति सबै कमाएका थिए । बाबुले ठुलै सामाज्य खडा गरि सकेका छन् । बाबुले साम्राज्य कसरी बनाएत्यो आज छोराको हर्कत ले पनि सिद्घ गरेको छ । एउटा छोरो जहिलै आफ्नो बाबु जस्तै बन्न चाहान्छ । मानिसलाई पैसाको भोकले अन्धो बनाउंछ । बैरो बनाउंछ । र एक्लो पनि बनाउंछ ।त्यसको ज्वलन्त उदाहरण सुलभ अग्रवाल बनेका छन् ।
अरबौं को सम्पत्ति हुदाहुदै त्यस्तो कुकर्म गर्न लालाहितहुनु भनेको संस्कारलाई नै मान्नु पर्छ । आज उनी मिडियाबाट टाढा भाग्नु पर्ने अवस्थाआयो साथिभाई बाट लुक्नु पर्ने अवस्थाआयो । सारा मिडियाबाट ‘देशको मेरुदण्ड’भनेर मिनेट मिनेट भनि रहदात्यो मेरुदण्डको जग कसरी बनेको रहेछ हामी सहजै अनुमानगर्न सक्छौ । कोरोनाको कहरमा अवसरको दुरुपयोग गर्नेको भलो अवस्य नै हुने छैन । भष्ट्रचार या कालोबजारी जे गरे पनि आज सम्म मैले गरेको कर्म बाट बाची रहेको छु भनेर नबसौं एक दिन न एक दिनअबस्य पनि ति भष्ट्रचारीहरु कालोबजारीहरु पक्राउ पर्ने छन् । यो कोरोनाले सिकाएको पाठ भन्दा बढि त्रास नेपालको कानुनले दिने छ । सुलभअग्रवाल त शुरुवात मात्र हो हेदै जांउकति सुलभहरु यस देशमा रहेका छन् । हिन्दीमा भनाई छ ।‘देर हे अन्देर नहि है ’भने झै पालो सबैको आउंछ चेतना भया ।